गुण्डा नाईके अशोक लामामाथि गोली प्रहार

२०७५ जेष्ठ २८ गते, सोमबार

काठमाडौं, २८ जेठ । प्रहरीले गुन्डा नाइके अशोक लामामाथि गोली प्रहार गरेको छ । अशोक लामासहितको समूहलाई पक्राउ गर्न गएको महानगरीय अपराध महाशाखाको टोलीमाथि लामाले गोली हानेपछि जवाफी कारवाहीका क्रममा लामामाथि गोली चलाइएको प्रहरीले जनाएको छ । प्रहरीले चलाएको गोली लामाको खुट्टामा लागेको छ । लामालाई उपचारका लागि वीर अस्पताल लगिएको छ । लामाको साथबाट एक पेस्तोल र एक दुई राउन्ड गोली बरामद भएको छ । ३८ वर्षीय लामा करिब एक दशकदेखि गुन्डागर्दीमा सक्रिय रहँदै आएका छन् भने उनले २ जनाको हत्या प्रयास समेत गरेका थिए । सार्वजनिक अपराध मुद्दामा पनि उनी पटक पटक पक्राउ परिसकेका छन् । लामाले काभ्रेली समूहका गुन्डा नाइके दावा लामासँग निकट भएर गुन्डागर्दी गर्दै आएको छ । लामाविरुद्ध व्यापारी, ठेक्केदारलाई धम्काउने पैसा असुल गर्ने र मिटर ब्याजमा लगानी गर्ने कारोबारीसमेत रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु