डा. देवकोटाको अवस्था गम्भीर

२०७५ जेष्ठ २६ गते, शनिबार

काठमाडौं, २६ जेठ । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको पछिल्लो स्वास्थ्य अवस्थाबारे अस्पताल र परिवारको तर्फबाट विज्ञप्ति निकालिएको छ । सामाजिक सञ्जालहरुमा आएका खबर सत्य नभएको विज्ञप्तिमा उल्लेख छ । अहिले देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको बताउँदै सघन उपचार भइरहेको बताइएको छ । शुक्रबार रातिदेखि डा. देवकोटाको निधन भएको खबर सामाजिक सञ्जालमा भाइरल भएको थियो । शनिबार बिहान अस्पताल र परिवारका तर्फबाट विज्ञप्ति जारी गरी त्यसको खण्डन गरिएको छ । अस्पतालले आफ्नो तर्फबाट जारी गरिने आधिकारिक सूचनाबाहेक अन्यमा विश्वास नगर्न पनि अनुरोध गरेको छ । अस्पतालका अनुसार डा. देवकोटाको अवस्था गम्भीर छ र सघन उपचार चलिरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

प्राथमिक शिक्षकका लागि आवेदन खुला

२०८१ बैशाख १५ गते, शनिबार

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइदै

२०८१ बैशाख १४ गते, शुक्रबार

कक्षा १२ को परीक्षा सुरु

२०८१ बैशाख १४ गते, शुक्रबार