सांसद सुरेशचन्द्र दास भारतीय मतदाता !

२०७४ फाल्गुन ५ गते, शनिबार

काठमाडौं, ५ फागुन । नेकपा माओवादी केन्द्रका तर्फबाट सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेसचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा रहेको खुलेको छ । काठमाडौं, फागुन ५ । नेकपा माओवादी केन्द्रका तर्फबाट सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेसचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा रहेको खुलेको छ । प्राप्त कागजात अनुसार भारत, विहार राज्यको दरभंगा जिल्लास्थित दरभंगा नगरपालिकाअन्तर्गत दासको नाम छ । उनको नाम अहिले पनि भारतीय निर्बाचन आयोगको आधिकारिक बेबसाइट ‘डब्लुडब्लुडब्लु डट इसिआई डट एनआइसी डट आइएन’ मा भेटिन्छ ।
दासको भारतीय भोटर आइडीमा पीताको नाम देवनाथ दास उल्लेख छ । उनको फोटोसहितको मतदाता परिचयपत्र नम्बर (भोटर आइडी) ‘आइएजी ०३७३१८३’ छ । उनको मतदाता क्रमांक १७५ छ । उनको मतदाता केन्द्रको नाम ‘मैथिली साहित्य परिषद, मिश्रटोल साउथ पार्ट’ उल्लेख छ ।
भारतीय मतदाता हुनका लागि अनिवार्य रूपमा भारतीय नागरिक भई नागरिकता प्रमाणपत्र लिन जरुरी हुन्छ । जनवरी १ मा १८ वर्ष उमेर पुगेको वा सोभन्दा बढी वर्ष पार गरेका भारतीय नागरिक मात्र त्यहाँ मदताता हुन योग्य ठहरिने व्यवस्था भारतीय कानुनमा छ । – नागरिक दैनिकबाट

प्रतिक्रियाहरु