युवा जनस्वयम सेवक धादिङ र नुवाकोटको जिल्ला सम्मेलन सम्पन्न

२०७४ फाल्गुन २ गते, बुधबार


काठमाण्डौ , २ फागुन । राष्ट्रिय युवा जनस्वयम सेवक पश्चिम तामसालिङ ब्यूरो अन्तर्गत धादिङ र नुवाकोटमा जिल्ला सम्मेलनहरु सम्पन्न भएका छन् । धादिङमा माघ २७ गते पाल्टेन लामा अध्यक्षसहित १९ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ । उक्त सम्मेलनको संचालन पाल्टेन लामाले गरेका थिए भने प्रमुख अतिथी राष्ट्रिय युवा जनस्वयम् सेवकका केन्द्रिय सदस्य तथा पश्चिम तामसालिङ ब्यूरो संयोजक विरोचन शर्मा , अतिथिहरु धादिङ जिल्ला समिति सचिव बुद्ध लामा ,युवाका केन्द्रिय सदस्य राजकुमार गुरुङ रहेका थिए । सम्मेलन भब्य रूपमा सम्पन्न भएको बताइएको छ । यसैगरी नुवाकोट जिल्ला भेला पनि सम्पन्न भएको छ । २३ औं जनयुद्ध दिवसको अवसरमा राष्ट्रिय युवा जनस्वयम सेवक नुवाकोटका दोस्रो जिल्ला भेला शंकर लामाको अध्यक्षता र प्रमुख अतिथी पार्टी केन्द्रिय समिति सदस्य तथा ब्यूरो इन्चार्ज आधार , अतिथिहरु युवाको ब्यूरो संयोजक विरोचन अनेमसंघ कि केन्द्रिय सचिब सविता, नुवाकोट जिल्ला सेक्रेटरी सागर , जनसरकार प्रमुख बिन्तोस, देशभक्त जनवादी मोर्चाका ब्यूरो सदस्य विष्णु खड्का रहेका थिए भने सो भेलालाई पार्टी केन्द्रिय सदस्य आधारले २३ औं जनयुद्ध दिवसको शुभकामना सहित आजको एकीकृत जनक्रान्ती र बैज्ञानिक समाजवादमा युवाको भुमिका बारे महत्त्वपूर्ण निर्देशन सहित प्रशिक्षण दिएका थिए भने युवा संयोजक विरोचनले युवा अधिकारबारे प्रकाश पारेका थिए । उक्त भेलाले संकर लामा अध्यक्षसहित १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

प्रतिक्रियाहरु