आइरन चक्कीको अभाव

२०७४ मंसिर २२ गते, शुक्रबार

काठमाडौं, २२ मंसिर । बैतडीका स्वास्थ्य संस्थामा केही दिनदेखि आइरन चक्कीको अभाव भएको छ । स्वास्थ्य संस्थामा आइरन चक्कीको अभाव हुँदा गर्भवती महिलालाई आइरन चक्की नदिएरै फर्काउनुपर्ने बाध्यता रहेको स्वास्थ्य चौकीले जनाएका छन् ।
सिगास गाउँपालिकाअन्तर्गत रहेको गाँजरी स्वास्थ्य चौकीमा आइरन चक्की कत्ति पनि नरहेको स्वास्थ्य चौकीका इन्चार्ज जनकसिंह धामीले जानकारी दिए । उनले भने , “सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको आइरन चक्कीको अभावमा गर्भवती महिलालाई रित्तै हात फर्काउनुपर्ने बाध्यता रहेको छ ।”
गर्भ बसेको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म महिलाले लगातार रुपमा आइरन चक्की खानुपर्ने भएपनि स्वास्थ्य संस्थामा आइरन चक्की नहुँदा महिला आइरन चक्की खानबाट वञ्चित भएका छन् ।
सिगास गाउँपालिका जस्तै सुर्नया गाउँपालिकाका स्वास्थ्य संस्थामा पनि आइरन चक्कीको अभाव रहेको छ । थोरै मात्रामा आइरन चक्की स्वास्थ्य संस्थामा पुगेको र त्यो गर्भवती महिलाका लागि कम हुँदा धेरैलाई रित्तो हात फर्काउनुपर्ने बाध्यता रहेको शंकरपुर स्वास्थ्य चौकीका अनमी सुनिता भट्टले जानकारी दिए ।
सरकारले स्वास्थ्य संस्थाहरुलाई स्थानीय तहमा हस्तान्तरण गरेदेखि नै स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव कायमै रहेको पुरचौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले बताए ।
उनले भने , “स्थानीय तहमा स्वास्थ्य क्षेत्रका लागि केन्द्रबाटै कम बजेट आएकाले समस्या भएको छ ।” – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

प्राथमिक शिक्षकका लागि आवेदन खुला

२०८१ बैशाख १५ गते, शनिबार

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइदै

२०८१ बैशाख १४ गते, शुक्रबार

कक्षा १२ को परीक्षा सुरु

२०८१ बैशाख १४ गते, शुक्रबार