आज विश्वकर्मा पूजा

२०७४ आश्विन १ गते, आईतवार

काठमाडौं, १ असोज । आज आश्विन संक्रान्ति अर्थात विश्वकर्मा पूजाको दिन । प्रत्येक वर्षको असोज १ गते विश्वकर्माको पूजाका साथ आफ्ना सवारी साधन, कल कारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गर्ने गरिन्छ । समुद्र मन्थनबाट निस्किएको मानिएका विश्वकर्माले नै कृष्णको द्वारका, पाण्डवको मयसभा र देवताका हातहतियार बनाएको मानिन्छ । नयाँ सवारी साधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने भएकाले आज काठमाडौंका भद्रकाली, दक्षिणकालीलगायत मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजा आराधना गर्ने चलन छ ।
विश्वकर्माको पूजा गर्नाले शान्ति र आफ्नो रक्षा हुने विश्वास छ । आजको दिनलाई वास्तु शास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् । नेपालको आफ्नो मौलिक परम्परामा चाहिं बडादशैंको नवमीको दिन हातहतियार, औजार, सवारीसाधनलगायतको पुजा गर्ने चलन छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार