कतारी ऊँटलाई साउदीमा नाकाबन्दी, नेपाली गोठालालाई तनाव

२०७४ असार १० गते, शनिबार

काठमाडौं, १० असार । साउदी अरब र कतारको सीमा आबु सम्राहबाट २ सय ५० किमि टाढा पर्छ, अल होफुफ । साउदीको निकै पुरानो बजार अल होफुफमा कतारीको बाक्लो आवतजावत हुन्थ्यो । त्यससँगै जोडिएको विशाल मरुभूमिमा कतारी कतारी नागरिकको उँट र बाख्राका सयौं गोठ छन् । उँट र बाख्रालाई दाना, औषधि, घाँस, पानीलगायत बन्दोबस्तीका सामान खरिद गर्न आउने मुख्य स्थल अल होफुफ हो ।
भोजपुरका ३७ बर्षीय अर्जुन राई अल होफुफबाट झन्डै सय किलोमिटर टाढा मरुभूमिमा बस्न थालेको ७ बर्ष भयो । खासमा उनी काम गर्न कतार पुगेका थिए । कतारी साहू मोहम्मद मर्रीले साउँदीमा उँट हेर्न लगेपछि उनी त्यतै बस्त थाले । जसोतसो जिन्दगी चलिरहेका बेला कतारमाथि नाकाबन्दी भयो । त्यही कारण उनले उनले एकसातायता कल्पनै नगरेको कष्ट सहनुपरयो । कतारी निकायका अनुसार साउदीले दुई दिनमा १२ हजार उँट, ५ हजार भेडा सयभन्दा बढी गोठाला डिपोर्ट गरेको छ ।
कतार उँट एसोसिएसनले कतारी नागरिकको साउदीका विभिन्न स्थानमा १ लाख ५० हजारभन्दा बढी उँट रहेको जनाएको छ । कतारी भिसा भएका गोठालालाई ऊँट हेर्न मालिकले सँगै लिएर जान पाउने सुविधा दिएको थियो । कतारीले साउदी लानेबेलामा नेपाली दुताबाससँग अनुमति लिने गरेको छैन् । नेपाली दुताबासले आफ्ना नागरिकलाई कतारबाट साउदीमा ऊँट, बाख्रा र मजरामा काम गर्न लैजाने बेला अनुमति वा जानकारी दिनुपर्ने विषयमा कतारी निकायसँग चासो राखेको छैन् । – कान्तिपुर दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु