मधेसी मोर्चाद्वारा आन्दोलनको घोषणा

२०७३ फाल्गुन १० गते, मंगलवार

काठमाडौं, १० फागुन । मधेसी मोर्चाले सरकारले आगामी बैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेलगत्तै भने दबाबमूलक आन्दोलनको घोषणा गरेको छ । चुनाव घोषणाका लागि सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बसिरहेका बेला मधेसी मोर्चाका नेताहरु तमलोपा कार्यालयमा बसेर आन्दोलनबारे छलफल गरेका थिए ।
सरकारले चुनावको मिति घोषणा गरे लगत्तै मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार मोर्चाले आज १० गते मशाल जुलश निकाल्ने छ भने भोलि ११ गते मधेस बन्द गर्ने घोषणा गरेको छ । १२ गतेदेखि १५ दिनसम्म गाउँ, नगर सदरमुकामहरुमा भण्डाफोर अभियान चलाउने निर्णय पनि मोर्चाका नेताहरुले गरेका छन् ।

प्रतिक्रियाहरु