आऊ सन् २०१७ आऊ नेपालीको कुसंस्कार हटाऊ – इन्दिरा प्रयास

२०७३ पुष १६ गते, शनिबार

नयाँ जोस र उमंगले,प्रकाश छर्दै आऊ
भोकानांगा जनतामा ख़ुशी भर्दै आऊ
हिमाल पहाड़ तराईको भलाईको लागि
सहिष्णुताको पाठहरु अभ्यास गर्दै आऊ
पचहतर जिल्लामा नै बाटो जोड्ने भए
कूटो अनि कोदालो लिई अघि सर्दै आऊ
प्रबिधिक सिपले उन्नत खेती फस्टाउँन
किसानको खुशीमा भर पर्दै पर्दै आऊ
खाड़ी मुलुक देश छोड़ी कोही नजाउँन्
स्वरोजगारले महासागर तर्दै तर्दै आऊ
डरत्रास् आतंकलाई समाजबाटै मिल्क्याई
जातीवाद र रूढ़िवादको जरो हर्दै आऊ

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु