गीति एल्वम “झिलिमिली साझको बेलैमा” सार्वजनिक

२०७३ पुष ११ गते, सोमबार

काठमाडौं, ११ पुस । लोक तथा दोहोरी गायिका इन्दिरा शाहको लोक तथा दोहोरी गीति एल्वम “झिलिमिली साझको बेलैमा” सार्वजनिक भएको छ । आशिष म्युजिक प्रा.लि.को प्रस्तुति रहेको गीति एल्बम “झिलिमिली साझको बेलैमा” युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
नेपाली गित सङ्गीत क्षेत्रमा बढी माया प्रेम, ठट्यौली पाराका गितहरुले चर्चा कमाउने गरेका छन । भर्खरै मात्र सार्वजनिक भएको “झिलिमिली साझको बेलैमा” एल्बममा माया प्रेमका कुराहरु समेटिएका छन । एल्वममा विषेशत: प्युठान जिल्लाका विभिन्न प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल मठ मन्दिरहरुको चर्चा गरिएको छ ।
गीतमा हिमालको चिसो हावा स्वर्गद्वारी लेकमा, चिनजानी गरौ आज माया अर्को भेटमा, झिलिमिली साझको बेलैमा…! माछा जस्तै माछी जालमा हामी फसे पछी, छुट्नै गार्हो हुदो रहेछ माया बसेपछि, झिलिमिली साझको बेलैमा…! जस्ता शब्दहरु सजिएका छन ।
“झिलिमिली साझको बेलैमा” एल्बममा गायक तथा सर्जक शरद पाण्डेले शब्द सङ्कलन गरेका छन् । पाण्डे यतिबेला रोजगारीको सिलसिलामा प्रदेशमा छन । प्रदेशमा रहेर पनि नेपाली गित संगितमा निरन्तर लागि रहेका पाण्डेले विभिन्न विधाका ४ दर्जन भन्दा बढी गीतमा शब्द कोरिसकेका छन् ।
त्यस्तै गायिका इन्दिरा शाह यतिबेला यसै एल्बमबाट निकै चर्चामा छिन । नेपाली संगीत क्षेत्रमा निरन्तरता दिदै आएकी गायिका शाहको यो छैठौ एल्बम हो । यसै एल्बमका गायक मेक्सम खाती गीत संगीतमा निरन्तरता दिदै पछिल्लो समय चर्चामा छन् । नेपाली गित संगीतलाई माया गर्ने कलाकारहरु विश्वको जुनसुकै कुनामा रहेपनि नेपाली कला सस्कृतिलाई भुल्न सक्दैनन । बेला बखतमा आफ्ना प्रस्तुतीहरु लिएर दर्शक श्रोताहरुको माझमा आइरहेका हुन्छन ।

यसै बिच , विगत एक दशक देखि चलचित्र क्षेत्रमा सहायक निर्देशकको रुपमा काम गर्दै आएका उत्तम अधिकारीले पछिल्लो समय “नसोध मेरो खबर” नामक आधुनिक गीतको निर्देशन गरेका छन् एक कुशल र यस क्षेत्रकै परिचित अधिकारी आफ्नो कामलाई सर्बश्रेष्ठ ठान्ने गर्दछन् । उक्त म्युजिक भिडियोमा काम गर्ने मोडल तथा कलाकारहरुले उनीसँग काम गर्न पाउदा हर्षित तथा खुसी लागेको र आउदो दिनमा पनि काम गर्ने अपेक्षा राखेको बताएका छन्।
अधिकारीले निर्देशन गरेको गीतमा मधुर रिपु को शब्द रहेको छ भने पुनम जी मगरले स्वर दिएका छन् । उक्त गीतलाई विपिन आचार्यले एरेन्ज गरेका छन् भने अविन न्यौपानेको संगीत र लय रहेको छ । प्रियसी म्युजिक कम्पनीले प्रस्तुत गरेको उक्त भिडियोमा मुकेश हुमागाईंको छायांकन रहेको छ। उक्त भिडियो मा मोडेल को रुपमा कृष्ण प्रसाद पहाडी, शैलेन्द्र बुढाथोकी र सन्चिता ठकुरीले अभिनय गरेका छन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु