ईमेज लोक कलाकार अडिसन कात्तिक २७ देखि

२०७३ कार्तिक २३ गते, मंगलवार

काठमाडौं, २३ कात्तिक । ईमेज च्यानलले सन्चालन गर्न लागेको इमेज लोक कलाकारको धरान अडिसनको तयारी पूरा भएको छ । सोमबार धरानमा पत्रकार सम्मेलन गरी यही कात्तिक २७ र २८ गते धरानको रत्न इन होटलमा अडिसन गरिने जानकारी दिइएको हो । सो अवसरमा ईमेज लोक कलाकारका कार्यकारी निर्मार्ता अनुपा श्रेष्ठले लोकगीतको संरक्षण तथा नयाँ कलाकारलाई अवसर दिने उद्देश्यले ईमेज लोक कलाकार कार्यक्रम आयोजना गर्न लागेको बताइन् । धरान अडिसनका लागि गायकहरु तुलसी पराजुली, गणेश न्यौपाने र मनु नेम्वाङ निर्णायकमा रहेका छन् ।
यसअघि गत असोजमा ईमेज लोक कलाकारको पोखरा अडिसन सम्पन्न भइसकेको छ । प्रतियोगितामा उत्कृष्ट हुने प्रतिभालाई नगद एक लाख रुपैयाँ पुरस्कारका साथै म्युजिक भिडियोसहितको गीतिएल्बम निकाल्ने अवसर प्रदान गरिने छ ।

प्रतिक्रियाहरु