दलितप्रति गरिने विभेद अन्त्य गर्न माग

२०७३ कार्तिक ५ गते, शुक्रबार

काठमाडौं, ५ कात्तिक । दलित अधिकारकर्मीहरुले छुवाछुतको अन्त्यका लागि कानुनी व्यवस्थालाई कडाइका साथ लागू गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । दलित महिला संघले आज राजधानीमा गरेको कार्यक्रममा सहभागी महिलाहरुले समाजमा अझै दलितप्रति गरिने विभेदको अन्त्य नभएको भन्दै कानुनी व्यवस्थाको कडाइका साथ लागू गर्न माग गरेका थिए । कार्यक्रममा संघले हालै विभिन्न ५६ ओटा जिल्लामा गरेको अनुगमनमा ९० प्रतिशत अन्तरजातीय विवाह असफल रहेको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु