आप्रवासी शिविरमा भीषण आगलागी

२०७३ आश्विन ४ गते, मंगलवार

काठमाडौं, ४ असोज । ग्रिसको लेसबोस द्वीपस्थित आप्रवासी शिविरमा आगलागी भएको छ । आगलागीका कारण शिविरमा रहेका ४ हजारभन्दा बढी शरणार्थी संकटमा परेका छन् । उनीहरुलाई सुरक्षित स्थानमा राखिएको छ । शरणार्थी बस्ने गरेको उक्त द्वीपमा तमाखु नष्ट गर्ने क्रममा आगो बाल्दा आगो फैलिएको ग्रीसका अधिकारीहरुले जनाएका छन् । घटना नियोजित हो कि भन्ने आशंकामा अनुसन्धान थालिएको छ । संयुक्त राष्ट्र संघीय एजेन्सीका अनुसार लेसबोस द्वीपमा ५ हजार ६ सय शरणार्थी रहेका छन् । आगलागीका कारण शिविर पूर्ण रुपमा ध्वस्त भएको छ । द्वन्द्वको चपेटामा परेका सिरिया र इराकका हजारौं शरणार्थी ग्रिसमा शरण लिने क्रममा त्यहाँको सरकारले लेसबोस द्वीपमा शिविर बनाई शरणार्थीलाई राख्ने ब्यवस्था मिलाएको थियो ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु