साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधि

२०७३ भाद्र २० गते, सोमबार

काठमाडौ, २० भदौ । मध्यपश्चिम विश्वविद्यालयले आज साहित्यकार झमक घिमिरेलाई आज मानार्थ विद्यावारिधी प्रदान गर्दैछ । आज मध्यान्ह राष्ट्रिय सभागृहमा आयोजित विशेष दीक्षान्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख आतिथ्यमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यावारिधी प्रदान गर्ने कार्यक्रम तय भएको छ ।
विद्यालयको औपचारिक शिक्षा कहिल्यै नलिनु भएकी घिमिरे जन्मँदै शारिरीकरुपमा दुर्बल अर्थात हिंड्न र बोल्न नसक्ने भए पनि खुट्टाले लेखेर एक दर्जनभन्दा बढी कृतिहरु प्रकाशित गरिसकेकी छन । उनको जीवन भोगाइमा आधारित जीवन काँडाकी फूल नामक पुस्तकले मदन पुरस्कार पाएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु