मलाई मेरै देश गौरव लाग्छ – हस्तवहादुर के सी

२०७३ भाद्र १८ गते, शनिबार

मलाई मेरै देश नेपाल
गौरव र प्यारो लाग्छ
मलाई मेरै देश नेपाल
सुन्दर र विशाल लाग्छ
पर्वमा पर्ने मेची
पश्चिममा पर्ने काली
उत्तरमा पर्ने
चाँदी झै टल्कने हिमालहरु
दक्षिणमा देखिने
तराइका विशाल फाँटहरु
मलाई अति सुन्दर र
रमणीय लाग्दछ
उत्तरबाट दक्षिणतिर कलकल बग्ने
खोला नाला र नदीहरु
आहा मलाई
कति सुन्दर र
मनमोहक लाग्छ
मेरै देशमा उब्जिने
कोदो र फापर
मकै र जौ
मलाई कति मिठ‍ो र
आनन्द लाग्छ

मेरै देशमा फल्ने फुल्ने
आलु मूला पिँडालु र
स्याउ नास्पति
आहा १
मलाई कति मीठो र
आनन्द लाग्छ
म यही धर्तिको माटोमा
जन्मे हुर्के
अनि
म यही धर्तिको भूमिमा
पढे लेखे
अनि
जान्ने सुन्ने भएँ

म यही धर्तिमा
संगठित भएँ
र,
देश र जनता
बदल्ने बाटोमा
लामबध्द भएँ
त्यसैले त
मलाई मेरै देश नेपाल
गौरव र प्यारो लाग्छ
विश्वकै उच्च शीर सगरमाथा
मेरै देशमा परेकोले पनि
मलाई मेरै देश नेपाल
मलाई ज्यादै
गौरव र खुसी लाग्छ
त्यसैले त
मलाई मेरै देश नेपाल
प्राण भन्दा प्यार‍ो र सुन्दर लाग्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु