प्यारो रक्सी तलाई छोड्दै छु पर्सि – शोभा गजुरेल

२०७३ भाद्र १७ गते, शुक्रबार

आज अलि अलग कुरा प्रस्तुत गर्न मन लाग्यो । मैले देख्ने गरेका धेरै घटनालाई उतार्न मन लाग्यो । हुन त हरेक कुरा धेरै खाए पच्दैन । हामीले भात खाँदा पनि धेरै भए हाम्रो पाचन प्रक्रिया असफल हुन्छ । तर खाना हाम्रा लागि आवस्यक छ जुन बिना हामी बाच्न सक्दैनौ । तर आज म रक्सीको बारे केहि लेख्न चाहन्छु ।
जसलाई हामीले नपीए पनि बांच्न सक्छौ भने यसलाई हामी पिउछौ कीन ? जुन कुरा हाम्रो शरिरलाई आवस्यक नै छैन त्यो कुरा खाने कीन ? कीन की हाम्रा देशका धेरै हस्तीहरु रक्सीकै कारण मृत्युको अंगाल्न पुगेका छन् । यो रक्सी संसार भरि खाइने एउटा पेय पदार्थ हो । यसलाई पिउँदा कस्तो हुन्छ त्यो अनुभब त छैन मलाई, तर पिउँनेहरुको भनाइ सुन्दा यसले क्षणिक रुपमा आनन्द दिन्छ रे । हाम्रो नेपालीमा एउटा उखान छ मुत को न्यानो ।कजयदजब
हो , यसले यहि काम गर्ने गर्छ रे । जब कुनै पनि कुराले थोरै बेरको आनन्दको लागि धेरै नोक्सान दिन्छ भने त्यसको सेवन गर्नु ठिक हो त ? हुन त यो आजकल नेपाली पुरुषले मात्र होइन महिलाहरुले पनि निक्कै पिउँन थालेको पाईन्छ । एकजना ज्योती मगर भन्ने गायीकाले यसपालिको तीजमा दरको सट्टा रक्सी खाइन्छ भन्ने गित समेत गाएकी छिन । युरोप अमेरिका तिर आउने महिलाहरुमा त झन् यो सान जस्तै बनिसक्यो ।
मैले देख्ने गरेको छु सानो जमघट होस या पारिवारिक भेटघाट सबैका हातमा प्राय रक्सीका कप देख्न पाईन्छ । तर किन मलाई यसको मतलब थाहा हुन्न ? मैले कसैसग आजसम्म यो प्रश्न पनि राखिन । तर मलाई लाग्छ यो उनीहरुको सान होला, यो पिउदा ठुलो मान्छे भइन्छ जस्तो लगेर हो की या त मुतको न्यानोमा रमाए जस्तै क्षणीक आनन्दको लागि हो मलाई थाहा भएन । तर यौटा कुरा चाही मलाई जानकारी छ की जब मानिस लिमीट भन्दा बढी रक्सी पिउछ तब उ आफ्नै शरीरलाई आफ्नो बशमा राख्न सक्दैन न खुट्टा राम्रोसंग टेक्न नै सक्छ न राम्रो संग बोल्न नै आखिर यसरी आफ्नो शरीर या आवाज नै सहि हुन नदिने चिज मानिसले किन पिउन पर्यो त ? के रक्सी पिउनु सान कै लागि हो त ? कि यो क्षणीक आनन्दको लागि ? हुन त घर झगडा हुने कारणहरु धेरै हुन्छन ।
तर अक्सर झगडाको कारण बन्ने गर्छ रक्सी । जब मानिस यसको लतमा लाग्छ तब उसलाई यो छोड्न सारै गाहे हुने कुरा धेरै ठाउमा खुलेका रक्सी गाजा छुटाउने सिबिरहरुले देखाई रहेको छ । यदि यो सहि हो भने लत छुटाउन शिबिर नै चलाउनु पर्ने थिएन होला । अनि यो गलत हो भने किन मान्छे यसलाई खुलेआम पिउछन् त ? मलाई यो पुरुष प्रधान समाजसँग यो प्रश्न गर्न मन छ । यदि रक्सि गलत कुरा हो भने किन खुले आम खान दीइन्छ ,यसले मानिस को दिमाग मात्र होइन शरिर नै कम्जोर पार्छ भने यसलाई पिउने अनुमति किन दीइन्छ त ? कुनै पनि सार्बजनिक ठाउका पार्टि हुन् या खुसियालीका बेला जहाँ पनि सानका साथ यो किन पीइन्छ जुन कुराले मानिस को मती नै बिगार्छ , त्यो कुरा कसरी सहि हुन सक्छ ? यो रक्सीको नसामा अनैतिक काम गर्ने समेत सम्भावना हुने हुन्छ भने यस्तो कुरालाई प्रतिबन्ध गर्नुको सट्टा किन सानको साथ यसलाई सार्बजनिक ठाउमा प्रयोग गरिन्छ ? जब मानिस यो नसामा फस्छ तब उसले थाहा पाउछ यसलाई अपनाएर उसले के के गुमायो , उसले आफ्नो इज्जत गुमाउछ, स्वाभिमान गुमाउछ, आफ्नो मेहनतको कमाइ गुमाउछ अझ बढी प्रिय आफ्नो परीवार नै गुमाउछ । त्यो भन्दा बढी प्रिय जिबन पनि गुमाउछ ।
जब उसलाई यी सबै यो रक्सीका कारण गुमाउन पर्ने कुरा थाहा हुन्छ , अनि उ भन्ने गर्छ हे मेरो प्यारो रक्सी तलाई छोड्न सक्दिन आज र भोलि तर पक्का छोड्छु पर्सि तैले मलाई तनाबबाट मुक्त दिन्छस रक्सी त्यसैले आज र भोलि होइन तलाई छोड्छु पर्सि तैले मलाई खुसियालीमा साथ दिन्छस्, हे मेरो प्यारो रक्सी त्यसैले आज भोलि होइन तलाई छोड्छु पर्सि । स्वास्नीले गाली गरि तलाई पिउँदा छोराछोरी टाढा भए, हे मेरो प्यारो रक्सी आज र भोलि खुब पिउँछु अनि तलाई छोड्छु पर्सि । यस्तै भन्दै धेरै दिन गुज्री जान्छ तर छोड्दैन जड्याहाले रक्सीको बोतल अनि भन्न थाल्छ फेरि हे मेरो प्यारो रक्सी तलाई छोड्न सक्दिन म । पर्सि मेरो लागि दुख सुख हरबेला साथ दिने हे मेरो प्यारो रक्सि लैजा मलाई पुर्याइदे यमराजकै घर बरु । तर म तलाई पटक्कै छोड्न सक्दिन नि पर्सि अनि अन्त गर्छ मनिसले आफ्नै जिन्दगी यस्तै लाग्छ मलाई यो रक्सी, तर पिउने लाई कस्तो लाग्छ जवाफ मैले पाउँ ल पर्सि ।
हाल- फ्रान्स

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु