आज पुष्पलाल स्मृति दिवस

२०७३ श्रावण ७ गते, शुक्रबार

काठमाडौं, ७ साउन । आज साउन ७ अर्थात पुष्पलाल स्मृति दिवस , नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ३८ औं स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ । स्वर्गीय पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाई लडे ।
१९८१ साल असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलाल आफ्नो जीवनभर संगठन विस्तारमा लागे । राणा विरोधी आन्दोलनका अगुवा सहिद गंगालाल श्रेष्ठका माइला भाइ स्वर्गीय पुष्पलालले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी कम्युनिस्ट सिद्धान्तलाई नेपाली मार्क्सवादी विश्लेषकको पहिचान दिएका थिए । निरंकुशताको अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशा २०२५ सालमा अगाडि सार्ने उनी पहिलो नेता थिए । पुष्पलालको २०३५ साल साउन ७ गते आजैका दिन निधन भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु