संभवतः एमाअाेवादीकाे अन्तिम यात्रा – भरत दाहाल

२०७३ असार २० गते, सोमबार

सरकार गिराएर अराजकता पैदा गर्ने हतियारका रूपमा एमाअाेवादीलार्इ अघि बढार्इएकाे छ। शान्ति प्रकृयाका नाममा देशकाे तालाचाबि विदेशीहरूका हातमा बुझाउन अग्रणि भूमिका खेलेकाे एमाअाेवादीले कथित ९ बुँदेमा गरिएका सहमति अाफैले पनि कार्यान्वयन गर्न सक्ने अवस्था छैन, सरकार परिवर्नकाे अाैचित्यका लागि स्थिरता र विकासका कुनै ठाेस एजेन्डा पनि त्यसले ल्याएकाे छैन। केपीकाे नेतृत्वबाट त्यसले खाेजेका कुराहरू अाःनै नेतृत्व वा शेरबहादुरकाे नेतृत्वबाट प्राप्त गर्न सकिने भरपर्दाे विश्वास पनि एमाअाेवादी नेताहरूलार्इ छैन ।
एमाअाेवादीभित्रका संदिग्ध तत्वहरूकाे सरकार परिवर्नका पछाडि केवल ३ वटा कारणहरू छन् । पहिलाे कारणा हाे, युद्धकालमा जनसरकारका नामबाट किनबेच गरिएका घरजग्गाहरूले कानूनी मान्यता नपाउँदाकाे अवस्थामा एमाअाेवादीले संबन्धित पक्षहरूलार्इ तिर्नु पर्ने ३० अर्ब (त्यसबेलाकाे मूल्य २ अर्ब मात्र थियाे) रकमकाे वार्गेनिङ । दाेश्राे कारणा हाे, चिनियाँ राष्ट्रपति सी जिनपिङकाे नेपाल भ्रमणा बिथाेल्ने पश्चिमा र भारतीयहरूकाे रणनीति र तेश्राे कारण हाे, जिङपिङकाे भ्रमण राेक्न सफल हुन सके द्वन्दकालिन मुद्दामा उन्मुक्ति पार्इन्छ भन्ने अाशा ।
चीन भ्रमणमा जादाँकाे दिन एउरपाेर्टमा पुग्नुभन्दा पहिले भारतीय दूताबासमा निर्देशन लिन जाने बर्षमान पुन र लुटेकाे सम्पत्ति जाेगाउनका लागि भारतीय मतियार बनेर निष्केका कृष्णबहादुर महराकाे सकृयतामा जारि रहेकाे सरकार बदल्ने धन्धा एमाअाेवादीकाे अवशानका लागि अन्तिम कदम बन्न सक्ने संभावना छ, किनभने त्याे देशमा नयाँ अराजकता सिर्जना गर्ने निमित्त कारणका रूपमा खडा गरिनेछ तर त्यसले बहाना बनाउने कुनै कुरा त्यसकाे हातमा लाग्ने छैनन्। साम्राज्यवादलार्इ मुक्तिदाता बनाउँदा उम्कन कति गाह्राे हुने रहेछ ?

प्रतिक्रियाहरु