माओवादीले प्रधानमन्त्री ओलीलाई ज्ञपानपत्र बुझाउने

२०७३ असार १६ गते, बिहीबार

काठमाडौं , १६ असार । नेकपा माओवादीले सरकारले बिनाकारण र आधार आफ्ना नेता तथा कार्यकर्तालाई गिरफ्तार र झुठा मुद्दामा फसाउने काम गरेको भन्दै आज प्रधानमन्त्री केपी ओलीलाई ज्ञपानपत्र बुझाउँदैछ । आज अपरान्ह तीन बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर माओवादीले ज्ञापनपत्र बुझाउने बताइएको छ । आज दिउँसो १ बजे शान्तिबाटिकाबाट र्‍याली सुरू भै बबरमहलमा पुगेर जम्मा हुने र त्यसपछि प्रधानमन्त्री कार्यालय पुगेर ज्ञापनपत्र बुझाइने माओवादीले बताएको छ ।

प्रतिक्रियाहरु