माओवादीद्वारा जग्गा कब्जा

२०७३ असार १० गते, शुक्रबार

काठमाडौँ, १० असार । अखिल नेपाल किसान संघ क्रान्तिकारी कास्कीले लेखनाथ नगरपालिका ८ साबिक(शिशुवा ३) मा रहेको कित्ता नं. ४१५,४१४ र ४०९ को १८ रोपनी सार्वजनिक जमिनमा पार्टीको झन्डा गाडेर कब्जामा लिएको छ । नेकपा माओवादी निकट किसान संघले पन्चायत काल देखि नै सार्वजनिक भनेर पुष्टि हुँदै आएको उक्त जमिन स्थानीय अर्जुन भारी र बिरेन्द्र भारीले पैसा,सत्ता र शक्तिको आडमा नगरपालिकाका उच्च कर्मचारी र स्थानिय नेताहरुलाई मोटो रकम कमिसन दिएर आफ्नो नाममा दर्ता गर्न लागेको भन्दै कब्जा गरेको हो । यस्तो हर्कत रोक्न र उक्त जमिनमा बसोबास गरिराखेका सुकुम्बासीहरुको उचित ब्यवस्थापन गर्न आग्रह गर्दै जन परिषद कास्की प्रमुख जगन तिवारीले उक्त जमिनलाई दर्ता गर्ने प्रयास भएमा कमिसनका खेलाडीहरुलाई सशक्त कार्वाही गर्ने चेतावनी दिए ।
उक्त सार्वजनिक जग्गालाई लेखनाथ नगरपालीका कार्यकारी प्रमुख लोक बहादुर भण्डारी र कानुन अधिकृत राममणी अधिकारीको मिलेमातोमा भु माफियाले सार्वजनिक जग्गालाई ब्यक्तिगत गर्न खोजेको उनको आरोप छ । लगभग सयौं कार्यकर्ताको उपस्थितिमा सम्पन्न कार्यक्रमको संचालन अखिल नेपाल किसान संघ क्रान्तिकारीका कास्कीका अध्यक्ष पुष्प कार्कीले गरेका थिए । कार्यकम समापन भएपछि माओवादी कार्यकर्ताहरुले बेगनासताल वजार वरिपरि पर्चा समेत वितरण गरेको थियो।

प्रतिक्रियाहरु