सेनाको बारुद गोदाममा विष्फोट ,१७ को मृत्यु

२०७३ जेष्ठ १८ गते, मंगलवार

काठमाडौँ, १८ जेठ । भारतको महाराष्ट्रस्थित पुलगाँवको भारतकै सबैभन्दा ठुलो सेन्ट्रल एम्युनिशन डिपोमा आगो लाग्दा सेनाका दुई अधिकारीसहित १७ जनाको मृत्यु भएको छ । गएराति भएको विष्फोटमा १५ जना सैनिक जवानको पनि मृत्यु भएको छ । समचार एजेन्सी पीटीआईका अनुसार उक्त घटनामा दुई सैनिक अधिकारीसति १७ जना घाइते भएका छन् ।
वर्धा जिल्ला नजिक सेन्ट्रल एम्युनिशन डिपोमा सेनाको गोलाबारुद्ध राख्ने गरिन्छ । उक्त विष्फोटपछि आगो लागेको थियो । प्रहरीले आगो फैलिनबाट रोक्न नजिकका चार वस्ती पूर्णरुपमा खाली गरेको थियो ।
आगोका कारण घाइते भएकाहरुलाई नजिकैको सावनगी अस्पताल भर्ना गरिएको छ। एसडी स्रोतका अनुसार डिपोमा भएको विष्फोटका छानविन गर्न एसआइटी गठन गरिनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु