सकेजति बच्चा जन्माउन राष्ट्रपतिको आव्हान

२०७३ जेष्ठ १८ गते, मंगलवार

काठमाडौ, १८ जेठ । टर्कीका राष्ट्रपति रचेप तैय्यप एर्दोआनले मुस्लिम समुदायलाई गर्भनिरोधक उपाय बन्द गरेर बढीबन्दा बढी बच्चा जन्माउन आव्हान गरेका छन् । टर्कीको सरकारी टेलिभिजनमा बोल्दै उनले मुस्लिम परिवारलाई परिवार नियोजन र गर्भनिरोधक तरिकाको प्रयोग बन्द गर्न आव्हान गरेका हुन् । राष्ट्रपति एर्दोआनले भने–हामी आफ्नो आगाी पिढीको संख्यालाई दुई गुना बनाउन चाहन्छौ ।
उनले महिलाहरुलाई सबैले कम्तीमा पनि तीन सन्तान जन्माउन आग्रह गरे । उनले महिलालाई कहिले पनि पुरुष बराबर मान्न नसकिने दावीसमेत गरे ।
एर्दोआन १२ वर्षसम्म टर्कीको प्रधानमन्त्री रहेपछि अग्रस्त २०१४ मा टर्कीको राष्ट्रपति बनेका हुन् । उनको एके पार्टी कट्टरपन्थी इस्लाम मान्दछ भने उनका अधिकांश समर्थक पनि रुढीवादी छन् ।
सोमबार इस्तानाबुलमा भाषणका क्रममा जिम्मेवार महिलाहरु, विशेषगरी पढेलेखेका महिला जो आगामी दिनमा बच्चा जन्माउने छन्, उनीहरुसँग राष्ट्रपतिले भने–उनीहरुले गर्भनिरोधकको प्रयोग नगरुन् र टर्कीको आवादी बढाउने निश्चित गरुन् ।
राष्ट्रपति एर्दोआनका आफ्ना चार सन्तान छन् । यसअघि पनि सन् २०१४ मा एउटा विवाह समारोहमा उनले गर्भनिरोधको विरोध गरेका थिए । उनले यसलाई एउटा छलको संज्ञा दिएका थिए ।
तथ्याङ्क उपलव्ध गराउने टर्कीको एउटा संस्थाका अनुसार सन् २०१५ मा टर्कीमा जन्मदर २.१४ सन्तान प्रति महिला थिए । यद्यपि यो अपेक्षित दरभन्दा केही बढी नै हो । तर, बच्चा जन्माउने यो दर सन् १०८० को तुलनामा आधा मात्र हो ।
यो गिरावटका बावजुद टर्कीमा जन्मदर अन्य युरोपेली देशभन्दा सबैभन्दा बढी हो । टर्कीमा युवाहरुको संख्या पनि अन्य देशको तुलनामा बढी रहेको छ। टर्कीको कुल आवादी करिब ८ करोड छ ।
संयुक्त राष्ट्रसंघका अनुसार टर्कीमा ‘राम्रो परिवार नियोजन नामको कुनै कुरा छैन, संस्थाका अनुसार टर्कीका हरेक पाँचमध्ये एक महिला गर्भावस्था रोक्नका लागि गर्भपतनको साहरा लिने गर्दछन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु