परिवार नियोजनसम्बन्धी विज्ञापनमा प्रतिबन्ध

२०७३ जेष्ठ १६ गते, आईतवार

काठमाडौं, १६ जेठ । पाकिस्तानमा परिवार नियोजनसम्बन्धी सम्पूर्ण विज्ञापनमा प्रतिबन्ध लगाइएको छ । पाकिस्तानको विद्युतीय सञ्चार नियमक निकायले यस्ता विज्ञापनले अवोध बालबालिकामा नकारात्मक उत्सुत्कता बढाएको जनगुनासो आएको भन्दै विज्ञापनमा प्रतिबन्ध लगाएको जनाएको छ ।
पाकिस्तान समाजिक रुपमा पुरातनवादी मुस्लिम मुलक हो । विश्वको छैठौं घना आवादी भएको मुलुक पाकिस्तानमा परिवार नियोजनसम्बन्धी विज्ञापन पहिला पनि विरलै सार्वजनिक हुने गरेका थिए ।
विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण एसियामा नै जन्मदर रोक्ने उपायको कम पहुँच रहेको मुलुकमा पाकिस्तान अग्रस्थानमा छ ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु