कामिक कान फेस्टिभल जारी

२०७३ जेष्ठ १५ गते, शनिबार

काठमाडौँ, १५ जेठ । इस्ट लण्डनको एक्सेल सेन्टरमा शुक्रबारदेखि तीन दिवसीय कामिक कान फेस्टिभल सुरु भएको छ। उक्त फेस्टिभलमा ठुलो संख्यामा मानिसरु सहभागी भइरहेका छन् । फेस्टिभलमा भाग लिन सबै सहभागीहरुहरु फरक र कामिक पहिरनमा पुग्ने गरेका छन्।
सहभागीहरु कामिक्स, ग्राफिक, उपन्यास, भिडियो गेम, चलचित्र र टेलिभिजनका अलग अलग शोका क्यारेक्टर्सको भेषभुषामा देखिन्छन् । कतिपय कार्टुन क्यारेक्टरमा देखिन्छन् भने कोही स्पाइडर म्यान, सुपर म्यान, गेम क्यारेन्टरको भेषभुषामा देखिने गरेका छन् । यही एउटा समूहका साथ जापानी कामिक बुक स्टार्सको भेषभुषामा पनि देखिएको थियो । कतिले आफूलाई कलाप्रति समर्पित पनि देखाएका छन् । फेस्टिभल सकिँदासम्म १ लाख ३५ हजार बढलीले सहभागिता जनाउने आयोजकको आशा छ ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु