ह्वाइट हाउस छाडेपछि ओबामा बस्ने घर

२०७३ जेष्ठ १३ गते, बिहीबार

काठमाडौँ, १३ जेठ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०१७ को सुरुआतमा आफ्नो कार्यकाल पुरा गर्दैछन् । अमेरिकी राष्ट्रपतिका रुपमा दुई कार्यकाल पुरा गरि उनी ह्वाइट हाउसबाट बाहिरिनेछन् । अधिकांश अमेरिकी राष्ट्रपति ह्वाइट हाउसबाट बाहिरिएपछि राजधानी वासिंटन बाहिर रहेर आफ्नो नीजि जीवन बिताउँदै आएका भए पनि ओबामा भने राजधानी मै रहने भएका छन् । छोरीको पढाई पुरा नभएका कारण उनी राजधानी मै बस्ने भएका हुन् ।
ओबामाका लागि बस्ने घरको बन्दोबस्तसमेत भइसकेको छ । वासिंटन डिसीको उत्तरपश्चिममा रहेको क्यालोरेमा एरियास्थित एउटा घर ओबामा परिवारको रोजाईमा परेको छ । कान्छी छोरी साशाको विद्यालय नजिकै भएका कारण ओबामा परिवारले यो घर रोजेका हुन् ।
ओबामाले रोजेको घर भएको क्षेत्र ‘हाइ प्रोफाइल’ हरुको बासोबास क्षेत्र हो । यहाँ बेलायत, युरोपेली युनियन, फ्रान्स, पोर्चुगलका राजदुतहरु बस्दै आएका छन् । साथै टर्की, जापान, दक्षिण कोरिया, इटली, डेनमार्क लगायत विभिन्न मुलुकका राजदुतावास पनि नजिकै छन् । नौ बेडरुमसहितको घर ओबामा परिवारका लागि रोजिएको हो । ८ हजार दुई सय वर्ग फिटको यो घरमा बगैंचा, पार्किङको पनि राम्रो सुविधा छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु