संघीय गठबन्धनद्वारा १० दिने आन्दोलनको घोषणा (आन्दोलनको कार्यक्रमसहित)

२०७३ जेष्ठ ५ गते, बुधबार

काठमाडौं, ५ जेठ । हालै राजधानीकेन्द्रित आन्दोलन गर्दै आएको २९ दलीय संघीय गठबन्धनले राजधानीमा गर्ने थप १० दिनका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।आजको गठबन्धनको बैठकले काठमाडौं उपत्यकामा थप १० दिन आन्दोलन कार्यक्रम गर्ने निर्णय गरेको बैठकमा सहभागी तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष ब्रिखेशचन्द्र लालले बताए ।
संविधानसभाबाट जारी संविधानमा भएको प्रदेश सीमांकनप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत् गठबन्धनले विरोधका कार्यक्रम बुधबारै दिउँसो राजधानीको शान्तिबाटिकामा हुने विरोधसभामा सार्वजनिक गर्ने भएको छ । राजधानी केन्द्रित आन्दोलनअन्तर्गत् गठबन्धनले यही जेठ ६ गते ललितपुरको लगनखेलमा, जेठ ७ गते नयाँबानेश्वरमा, ८ गते स्वयम्भूमा, ९ गते बौद्धमा, १० गते कीर्तिपुरमा, ११ गते भक्तपुुर न्यातपोलमा, १२ गते बालाजुमा, १३ गते कलंकीमा, १४ गते मध्यपुरठिमीमा र १५ गते बसन्तपुरमा विरोधसभा गर्ने जनाएको छ ।
त्यस्तै, गठबन्धनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आयोजनामा १६ गते वीरगन्जमा र १७ गते पोखरामा तमुवान संघर्ष समितिको आयोजनामा जनप्रदर्शन गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
राजधानीकेन्द्रित आन्दोलनकाक्रममा दिन सिंहदरबार र एकदिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेको गठबन्धनले बुधबार शान्तिबाटिका कोणसभाको आयोजना गर्दैछ । संविधान जारी भएलगत्तै त्यसमा भएको प्रदेश सीमांकनप्रति असन्तुष्टि जनाउँदै तराई मधेसमा आन्दोलन गर्दै आएको गठबन्धनले सत्तापक्षलाई थप दबाब दिन यही जेठ १ गतेदेखि राजधानीकेन्द्रित आन्दोलन सुरु गरेको हो।
संघीय गठबन्धनले आज जारी गरेको आन्दोलनको कार्यक्रमको पूर्ण बिबरण यस प्रकार रहेको छ – “संघीय गठबन्धन संयुक्त आन्दोलन मूल परिचालन समितिका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष श्री उपेन्द्र यादवज्यूको अध्यक्षतामा फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा बैठक बसी संघीय गठबन्धनद्धारा जारी रहेको आन्दोलनलाई संविधान पुनर्लेखन गरी मधेशी, आदिवासी जनजाति, खस समुदाय, शिल्पी समुदाय (दलित), थारु, अल्पसंख्यक समुदाय, मुश्लिम, महिला, पिछडावर्ग, सीमान्तकृत समुदाय, लोपोन्मुख जात÷जाति लगायत बहिष्करणमा पारिएका÷परेका समुदायहरुको मुद्दाहरुलाई सम्बोधन नगरुन्जेलसम्म निरन्तर रुपमा जारी नै राख्ने निर्णय गरिएको छ । आन्दोलनका थप कार्यक्रमहरु निम्न अनुसार जुलूस, -याली र विरोध सभाहरु रहेका छन् ।
आन्दोलनका कार्यक्रमहरु :
१. २०७३ जेठ ६ गते कार्यक्रम स्थल– मंगलबजार दरबार, समय ४ बजे ।
जुलूसका निकाल्ने स्थान : लगनखेल ।
व्यवस्थापन : संघीय समाजवादी फोरम नेपाल, लिम्बूवान संयुक्त संघर्ष समिति र नेपाः राष्ट्रिय पार्टी
२. २०७३ जेठ ७ गते कार्यक्रम स्थल– नयाँ बानेश्वर, समय ४ बजे
व्यवस्थापन : राष्ट्रिय मधेश समाजवादी पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, मजफो (गणतान्त्रिक), तराई मधेश सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, लिम्बूवान मुक्ति मोर्चा नेपाल र थरुहट तराई पार्टी नेपाल
३. २०७३ जेठ ८ गते कार्यक्रम स्थल– स्वयम्भू, समय ३ बजे ।
जुलूस निकाल्ने स्थान : सीतापाइला चोक
व्यवस्थापन : ताम्सालिङ संयुक्त संघर्ष समिति, आदिवासी जनजाति पार्टी नेपाल, सामाजिक लोकतान्त्रिक पार्टी
४. २०७३ जेठ ९ गते कार्यक्रम स्थल– चावहिल चोक, समय ४ बजे ।
जुलूस निकाल्ने स्थान : जोरपाटी र गौशाला
व्यवस्थापन : शेर्पा स्वायत्त प्रदेश संयुक्त आन्दोलन परिचालन समिति, आदिवासी जनजाति पार्टी नेपाल
५. २०७३ जेठ १० गते कार्यक्रम स्थल– कीर्तिपुर–नयाँ बजार, समय ४ बजे
जुलूस स्थल : त्ग् न्बतभ
व्यवस्थापन : नेवाः राज्य मंकाः संघर्ष समिति, संघीय समाजवादी फोरम नेपाल, नेपाः राष्ट्रिय पार्टी, आदिवासी जनजाति पार्टी नेपाल
६. २०७३ जेठ ११ गते कार्यक्रम स्थल– भक्तपुर–न्यातपोल, समय ४ बजे ।
जुलूस निकाल्ने स्थान : भक्तपुर बसपार्क
व्यवस्थापन : संघीय समाजवादी फोरम नेपाल, संघीय लिम्बूवान पार्टी र नेपाः राष्ट्रिय पार्टी
७. २०७३ जेठ १२ गते कार्यक्रम स्थल– बालाजु वाइपास, समय ४ बजे ।
जुलूस निकाल्ने स्थान : बालाजु चोक, ३ बजे
व्यवस्थापन : संघीय जनमुक्ति पार्टी, तमुवान संयुक्त संघर्ष समिति, संघीय समाजवादी फोरम नेपाल
८. २०७३ जेठ १३ गते कार्यक्रम स्थल– कलंकी चोक, समय ४ बजे ।
जुलूस निकाल्ने स्थान : सोल्टी मोड
व्यवस्थापन : संयुक्त मगरात मञ्च, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय मधेश समाजवादी पार्टी नेपाल र राष्ट्रिय शिल्पी आन्दोलन
९. २०७३ जेठ १४ गते कार्यक्रम स्थल– मध्यपुर ठिमी, समय ४ बजे ।
जुलूस निकाल्ने स्थान : शंखधर साख्वाः चोक
व्यवस्थापन : संघीय समाजवादी फोरम नेपाल
१०. २०७३ जेठ १५ गते कार्यक्रम स्थल– बसन्तपुर– जुद्ध शालिक, समय ४ बजे ।
जुलूस निकाल्ने स्थल : असन र लगनटोल
व्यवस्थापन : संघीय समाजवादी फोरम नेपाल, संयुक्त नेवाः स्वायत्त राज्य संघर्ष समिति, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, आदिवासी जनजाति पार्टी नेपाल र नेपाः राष्ट्रिय पार्टी
११. २०७३ जेठ १६ गते विरगञ्ज– -याली एवं विरोध सभा
व्यवस्थापन : संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा
१२. २०७३ जेठ १७ गते पोखरा– -याली एवं विरोध सभा
व्यवस्थापन : तमुवान संयुक्त संघर्ष समिति”

प्रतिक्रियाहरु