केपी ढाल्न प्रचण्ड प्रयोग गर्ने दिल्ली रणनीति – भरत दाहाल

२०७३ बैशाख १७ गते, शुक्रबार

प्रधानमन्त्रि खाने सपना सजाएर दिल्लीका नेपाल विरोधि हर्कतहरुलाई काँध हाल्दै आएका शेरबहादुर देउवा उत्तानो टाङ देखाउँदै फर्केका छन् । विजेपी सत्ताका केहि सर्तहरुबारे खुलस्त जबाफ दिन नसकेपछि उनले मोदी र विजेपी अध्यक्ष अमित साहको आरति गर्न समेत पाएनन् । पार्टी सभापति चुनावका बेला खुमबहादुर खड्काको मत लिएर जित्नका लागि देउवाले उनलाई कांग्रेसको उप–सभापति पद दिने कबोल गरेका थिए । देउवाले यो कबोल नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाललाई खुमबहादुरका अगाडि साक्षि राखेर गरेका थिए ।
खुमबहादुर खड्कालाई उप–सभापति बनाएर उनी मार्फत् कांग्रेसको बैठकमा ‘हिन्दू राज्य’को प्रस्ताव लगेर पारित गराउने योजनामा दिल्लीले खुमबहादुरलाई देउवासंग मिलाएको थियो । सोहि योजना कार्यान्वयन गराउन अहिले शेरबहादुरलाई दिल्लीमा बोलाईएको थियो । दिल्लीमा उनी समक्ष यहि प्रस्ताव राखियो तर देउवाले खुमबहादुरलाई दिएको बचन पूरा गर्न तयार भए पनि ‘हिन्दू राज्य’को प्रस्तावलाई पार्टी बैठकबाट पारित गराउने स्पष्ट आश्वासन दिन सकेनन् । किनकि अरुले झैं उनले पनि धर्मनिरपेक्षताका लागि पैसा खाईसकेका छन् ।
नेपालमाथि गरेको नाकाबन्दीबाट कुख्याति कमाएको विजेपी सत्ताले हिन्दूत्वलाई भजाएर नेपाली मानसिकतामा प्रभाव पार्न बनाएको यो योजना शेरबहादुरबाट पूरा हुने संभावना नदेखेपछि मोदी र अमित साहले उनलाई दर्शन सम्म नदिएर बेइज्जतिका साथ फर्काई दिए । विजेपीले चरम लालचि व्यक्तिका रुपमा शेरबहादुरलाई प्रयोग गर्न सकिन्छ भन्ने सोंच अनुसार उनलाई प्रम बनाउन खोजेको थियो तर उनको बेडमा आरजु जस्ता सिआइएकी भरोसिली कामदार छिन् । देउवासंग सिआइएको बेड संबन्धलाई खेलाउन दिल्लीलाई सजिलो थिएन ।
यूरोपीयन चारोले गर्दा शेरबहादुरको उफ्राई उत्तानो परेको छ र मोदीको सपना पनि बिथोलिएको छ । यसपछि दिल्लीले बनाएको रणनीति हो– आफ्नो योजनाले मूर्त रुप लिन नसकेता पनि केपी ओलीको सरकार ढाल्ने कुरालाई भए पनि अहिलेको लक्ष बनाउने । केपी सरकार ढाल्नका लागि मात्रै भए पनि यसका लागि चयन भएका छन् पुष्पकमल दाहाल । युद्धकालिन केशहरु, युद्धकालमा भारतीय सत्तासंग गरिएका लसपसहरु र लुटेको संपत्तिको त्रास देखाएर एमाओवादीलाई एमालेबाट अलग गर्ने दिल्लीको रणनीति बनेको छ ।

प्रतिक्रियाहरु