काठमाडौ उपत्यकामा भिषण हावाहुरी

२०७२ चैत्र १५ गते, सोमबार

काठमाडौ, १५ चैत । अहिले अपरान्ह ४ बजेदेखि काठमाडौं उपत्यकामा ठूलो हावाहुरी आएको छ। हावाहुरीले कार्यालय र सडकमाथि राखेका साइन बोर्ड, होडिङ बोर्ड खसेका छन् । अचानक अाएको भिषण हावाहुरीका कारण बजार र सार्वजनिक स्थलमा रहेका हजारौं सर्वसाधारण प्रभावित भएका छन्। केही दिनयता राजधानीको बायुमण्डलमा धुलो जम्मा भएको थियो। हावाहुरीसँगै धुलो उड्दा सर्वसाधारण प्रभावित भएका हुन्।
हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण बन्द गरिएको छ । उडान सुरक्षाका लागि विमानस्थलको सबै सेवा केही समयका लागि बन्द गरिएको विमानस्थलका माहाप्रबन्धक देवानन्द उपाध्यायले जानकारी दिए । हावाहुरीसँगै बाक्लो धुलो फैलिएकाले ‘भिजिबिलिटी’ कम हुँदा उडानमा असर परेको हो । मौसममा सुधार आएपछि विमानस्थलको सेवा पुनः सुरु गरिने विमानस्थलले जनाएको छ । हावाहुरीले उड्डयन मात्र नभई उपत्यकाको जनजीवन समेत केही प्रभावित भएको छ । धुलोसहितको आँधीले सर्वसाधरणलाई आवत–जावत र सवारी साधनलाई समेत कठिनाई भएको छ ।

प्रतिक्रियाहरु