चट्याङले घरमा आगलागी, दुई जना घाइते

२०७२ चैत्र १५ गते, सोमबार

काठमाडौं, १५ चैत । ताप्लेजुङमा आज बिहान परेको चट्याङका कारण एक घरमा आगलागी हुनुका साथै दुई जना गम्भीर घाइते भएका छन् ।
ताप्लेजुङ नगरपालिका तीनस्थित आम्बोटे निवासी कृष्ण सापकोटा विकको घरमा बिहान करिब ५ः३० बजे चट्याङ लाग्दा आगलागी भई घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने सापकोटा र उनकी बुहारी अम्बिका घाइते भएको स्थानीय धनेन्द्र मादेनले बताए ।
मादेनका अनुसार घरभित्रै रहेको अवस्थामा चट्याङ परेको थियो । आगलागीका कारण अम्बिकाको शरीरका विभिन्न भाग जलेको छ भने कृष्ण बेहोस अवस्थामा रहेको जनाइएको छ ।
घाइते दुवै जनाको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको बताइएको छ । मादेनका अनुसार आगलागी भइरहेको समयमा स्थानीयले उनीहरुलाई उद्धार गरेका थिए । सापकोटाको दुई तले फुसको छानो भएको घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

प्रतिक्रियाहरु