पोपले हिन्दु धर्मावलम्बीको खुट्टा चुमे

२०७२ चैत्र १२ गते, शुक्रबार

काठमाडौं, १२ चैत । क्रिश्चियन धर्म गुरु पोप फ्रान्सिसले सबै धर्मावलम्बीहरु एकै इश्वरको सन्तान भएको जिकिर गर्दै अलग धर्ममा आस्था राख्ने शरणार्थीहरुको खुट्टा धोएका छन् । उनले सार्वजनिक कार्यक्रममै मुस्लिम, हिन्दु, क्याथोलिक धर्म मान्दै आएका शरणार्थीहरुको खुट्टा धुनुका साथै उनीहरुको खुट्टा चुमेका थिए । बेल्जियमको ब्रसेल्समा भएको आतंकवादी हमलाका कारण फेरि एक पटक मुस्लिम विरोधी भावना विकसित हुँदै गएको तथा शरणार्थीविरोधी गतिविधि बढ्न थालेकै समयमा पोपले भाइचाराको नयाँ उदाहरण पेश गरेका हुन् ।
‘इस्टर विक मास’ का अवसरमा आयोजित कार्यक्रममा उनले रोम बाहिर कासेलनोभो डि पोटरेस्थित शरणार्थी शिविरमा उनले विभिन्न धर्ममा आस्था राख्ने शरणार्थीहरुको खुट्टा पखाल्दै चुमेका हुन् । उनले हत्या हिंसालाई कुनै पनि धर्ममा जायज मान्न नसकिने बताउँदै हतियार उद्योगको बजार प्रवर्द्र्धन गर्ने रणनीतिका रुपमा मानिसलाई हिंसातर्फ भड्काउन थालिएको आरोप पनि लगाए । – एजेन्सी

प्रतिक्रियाहरु