हावाहुरी चल्ने मौसम भएकाले सावधानी अपनाउ : पौडेल

२०७२ चैत्र ११ गते, बिहीबार

काठमाडौं, ११ चैत । आज बेलुकीपख पहाडी क्षेत्रको मौसम आशिंक बदली हुने अनुमान गरिएको मौसमविद वरुण पौडेलले बताए । दिउँसो सफा रहेपनि बेलुकीपख पूर्व र पश्चिमको पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने संभावना रहेको उनको भनाई छ । अहिले हावाहुरी चल्ने मौसम भएकाले सावधानी अपनाउनपनि उनले आग्रह गरेका छन् । मौसमविद पौडेलका अनुसार स्थानीय वायुको प्रभावका कारण गर्मी महिनामा दिउँसोपछि हावाहुरी चल्ने गर्छ ।
विशेषगरी खोला, खोँचको आसपास र पहाडी क्षेत्रमा मौसम सफा रहेपनि एक्कासी तीब्र गतिमा हावाहुरी चल्ने गर्छ । तीब्र गतिमा चल्ने हावाका कारण रुख ढल्ने तथा जस्ताको छाना उडाउने सम्भावना धेरै हुने भएकाले सर्तक हुन उनको सुझाव छ । यो प्रिमनसुनको विशेषता नै भएको उनले बताए । सामान्यतया दिउँसोपछि हावाहुरी चल्ने गरेपनि कहिलेकाहीँ बिहान पनि हावा चल्ने भएकाले सावधानी अपनाउनुपर्नेमा उनको जोड छ । उनका अनुसार मनसुन सुरु नहुँदासम्म बिहान मौसम सफा भएपनि दिउँसोपछि हावाहुरी चल्ने सम्भावना धेरै हुन्छ ।

प्रतिक्रियाहरु