आज विश्व काष्ठ दिवस

२०७२ चैत्र ८ गते, सोमबार

काठमाडौ, ८ चैत । आज विश्व काष्ठ दिवस । सोहि दिवस पारेर काठलाई पर्यावरणमैत्री, नवीकरणीय जैविक पदार्थका रुपमा सचेतना फैलाउन सम्मेलन हुन लागेको छ । चार वर्षअघिदेखि सुरु भएको विश्व काष्ठ दिवस र सम्मेलन यो पटक आजदेखि नेपालमा विभिन्न कार्यक्रम गरी मनाईने भएको छ ।
‘प्रकृति र संस्कृति’ विषयमा केन्द्रित रहेर मनाईन लागेको उक्त दिवसमा एक सय देशका सम्वद्ध विशेषज्ञलगायत गरी करिब ३ सय ५० भन्दा बढी सहभागी हुने छन् । यो दिवस सन् २०१३ मा पहिलोपटक तान्जानियामा मनाईएको थियो भने २०१४ मा चीन र २०१५ मा टर्कीमा मनाईएको थियो । सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एक सातासम्म चल्ने कार्यक्रममा काष्ठसम्वन्धि कार्यशाला, काष्ठकला क्रियाकलाप, लोककला कार्यशाला, बाल कार्यक्रम, सांगितिक कार्यक्रम, वृक्षरोपणलगायत हुनेछ ।

प्रतिक्रियाहरु