सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन : प्रधानमन्त्री

२०७२ फाल्गुन ५ गते, बुधबार

काठमाडौं, ५ फागुन । नेपाल इन्जिनियर्स एसोसिएसनको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चाहेजसरी काम गर्न नसकिरहेको बताएका छन् । उनले सरकारले जनअपेक्षाअनुसार कामलाई गति दिन नसकेको स्वीकारे । सधैं कछुवाको गतिमा हिँडेर विकास र समृद्धिको चाहनाले पूर्णता नपाउने भन्दै प्रधानमन्त्री ओलीले सबैको ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
भूकम्पबाट क्षति पुगेका भौतिक संरचना निर्माणको कामलाई सरकारले तीव्रताकासाथ अघि बढाउन खोजिरहेको भन्दै उनले त्यसमा सहयोग गर्न सबैपक्षलाई आग्रह गरे । कार्यक्रममा अन्य वक्ताहरुले इन्जिनियरिङ विश्वविद्यालय गठन गर्नुपर्नेमा जोड दिएका थिए । त्यस अवसरमा इन्जिनियरिङ क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु