सुजाताद्वारा सभापतिमा उम्मदवारी दिने उदघोष

२०७२ माघ १४ गते, बिहीबार

काठमाडौ, १४ माघ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको १३औं महाधिवेशनमा सभापति पदमा उम्मदवारी दिने औपचारिक घोषणा गरेकी छन् । विहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी नेतृ कोइरालाले सभापतिमा उठ्ने औपचारिक घोषणा गरेकी हुन् । उनले पार्टी सभापतिमा वर्तमान सभापति सुशील कोइरालाले पनि आफूलाई सघाउने आशा राखेको बताइन् ।
नेपाली कांग्रेसको सकारात्मक रुपान्तरणका लागि आफूले सबै युवाहरुको भावनाअनुसार उम्मेदवारी घोषणा गरेका सुजाताको भनाइ थियो । अर्को एक प्रसंगमा नेतृ कोइरालाले वर्तमान सरकारको विकल्प खोज्ने समय भइनसकेको बताइन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु