माओवादीद्वारा भक्तपुरमा जनसरकार घोषणा

२०७२ माघ ७ गते, बिहीबार

काठमाडौं , ७ माघ । नेकपा माओवादीले काठमाडौं उपत्यकामा पहिलोपटक जनसरकार घोषणा गरेको छ । जनपरिषदका केन्द्रीय संयोजक सन्तोष बुढामगरको प्रमुख आतिथ्यमा माओवादीले भक्तपुरमा जनसरकार घोषणा गरेको हो । जनसरकार प्रमुखमा कृष्णराज खड्का छन् । चाँगुनारायण निवासी खड्का पूर्वबक्सिङ खेलाडी हुन् । जनसरकार उपप्रमुखमा केदार दुवाल श्रेष्ठ, सभामुखमा विवेक विक र उपसभामुखमा राजाराम लागेलाई चयन गरिएको नेकपा माओवादी भक्तपुरका इञ्चार्ज तिलक मल्ल ‘क्षितिज’ले जानकारी दिए । जनताका काम गर्न सरकारलाई दवाव दिन सरकार घोषणा गरिएको उनले बताए । मल्लले भने, ‘नौ सदस्यीय जनसरकारले जनताको पक्षमा काम गर्छ । यसले भूमिगत क्रियाकलाप गर्दैन ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु