सरकारको सय दिन औचित्यहीन

२०७२ माघ ५ गते, मंगलवार

काठमाडौ, ५ माघ । प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारका एक सय दिन पूरा भएको छ । नाकाबन्दी र आन्दोलनकाबीचमा गठन भएको सरकारले सय दिन गरेको कामको समीक्षा सुरु भएको छ । सरकार सहभागी दलभित्र र बाहिर सरकारको कामको मुल्याङ्क भएको छ । एमाले अध्यक्ष ओलीको अध्यक्षतामा गतअसोज २४ गते नयाँ सरकार गठन भएको थियो ।
सरकारले यही बीचमा पुनःनिर्माण महाअभियानको काम सुरु गरेको छ । नागरिकलाई सेवा दिने भन्दा बढी समय आन्दोलन समाधान गरेर नाकाबन्दी सहज बनाउनेमा सरकारले समय खर्च गरेकाले अपेक्षाअनुसार काम गर्न नसकेको सरकारले जनाएको छ ।
सरकार प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अपेक्षाअनुसार काम गर्न नसकेको तर केही महत्वपूर्ण निर्णय गरेको बताउनुभयो । आज सरकारले सय दिनको समीक्षासहित केही कामको विवरण जानकारी गराउने तयारी गरेको छ ।
तर, आलोचकहरु भने उपप्रधानमन्त्री र मन्त्रीको संख्या बढी बनाएर राज्यको कोष दोहन गरेको, मन्त्रीहरु काम नपाएर उद्घाटन, पुस्तक विमोचन र उखान टुक्कामै सीमित रहेको, कालोबजारी नियन्त्रणभन्दा प्रवर्द्धनमा लागेको आरोप लगाउँछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु