एमाओवादी नवधनाढ्याको पार्टी : ओली

२०७२ पुष १८ गते, शनिबार

काठमाडौँ । एमाओवादीका पोलिट्व्यूरो सदस्य हेमन्तप्रकाश ओली ‘सुर्दशन’ ले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । शुक्रबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर नेता ओलीले नवधनाढ्याको बहुमत भएकाले एमाओवादीमा इमान्दार नेता कार्यकर्ताको बस्नुको अर्थ नभएको भन्दै पार्टी परित्याग गरेको बताए । ‘एमाओवादी नेतृत्व नवधनाढ्या वर्गमा परिणत भइसकेको छ, अब त्यहाँ बसेर देश, जनता र समाजको लागि सेवा गर्ने नसक्ने भएकाले मैले आजको मितिबाट स्वतन्त्र भएको घोषणा गरेको छु’ नेता ओलीले भने । प्रचण्डको पछिल्लो राजनीतिक दस्तावेजपछि एमाओवादीसँग आप्mनो मोहभंग भएको बताउँदै नता ओलीले अगाडि भने, ‘प्रचण्डजीको पछिल्लो राजनीतिक दस्तावेजपछि अब पक्का भएको छ कि प्रचण्डजी काल्पनिक समाजवादी हुन् ।’ यो संविधानको कार्यन्वयन गरेर समाजवाद ल्याउने प्रचण्डका कुरा कल्पनिक भएको उनले बताए । आपूmलाई पार्टीभित्र कुरा राख्ने मौका नै दिएको नेता ओलीले पत्रकार सम्मेलनमा बताए ।
उनले जनयुद्धले विकास गरेको विचारलाई प्रचण्डले आफ्नो पैत्रिक सम्पति जस्तै विचारलाई एकपछि अर्काे गरि छोड्दै गएकाले माओवादी विघटनतिर गएको बताए । ‘प्रचण्डपथ प्रचण्डका बाउको हो र ? नारायणकाजीसँग बसेर खुसुक्कै छोड्ने’ ओलीले पत्रकार सम्मेलनमा भने । एमाओवादीमा भ्रष्ट नेताहरुको आपूmले पोल खोल्ने बताउँदै बोगटी र शेरचन आयोगको प्रतिवेदन सार्वजनिक गर्ने बताए । ओलीले वैद्य र विप्लवले अगाडि सारेका कार्यदिशाको अध्ययन गरेर निर्णयमा पुग्ने बताए ।
नेता हेमन्तप्रकाश ओलीले पत्रकार सम्मेलनमा वितरण गरेको प्रेस विज्ञप्तिको पूर्णविवरण यसप्रकार रहेको छ– “आज म तपाईहरुमार्फत् इतिहासका निर्माता आदरणीय जनसमुदाय समक्ष एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) समूहका नाममा मुद्दा दायर गर्न चाहन्छु । आफनो रगत पसिनाको एउटा अध्यायको अन्त भएको र अर्काे अध्याय शुरु भएको घोषणा पनि तपाईहरुमार्फत् गर्न चाहन्छु ।
१. हामी एनेकपा (माओवादी) भित्रका इमान्दार क्रान्तिकारीहरुले २०७१ साल श्रावण ६ गतेदेखि मालेमावादबाट विचलन र कम्युनिष्ट पार्टीको विघटनलाई रोक्न पार्टीभित्र आलोचना र आत्मलोचनाको विधिलाई साँस्कृतिक क्रान्तिको स्तरमा उठाएर बहस शुरु गर्न माग ग¥यौं । यसै सिलसिलामा पार्टी अध्यक्षलाई नै भेटी क्रमशः ‘महान् सर्वहारा सास्कृतिक क्रान्तिः आजको आवश्यक, कष्टसाध्य र महान् कार्यभार’ र ‘अब के गर्ने ?’ दर्ज गरायौँ । त्यस क्रममा तत्कालीन वरिष्ठ नेता डा. बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महरालगायतका नेताहरुलाई आप्mनो कुरा राखी प्रतिलिपिहरु बुझाएका थियौँ । नेतृत्वले ती प्रस्तावहरु दर्ज भएको जानकारीबाहेक कुनै पनि बहसको शुरुवात गराएन । एक वर्षसम्म घिसेपिटे तालमा एउटै बैठकमा चक्कर लगाइरह्यो । केन्द्रीय समिति र जनतालाई एउटा क्रमभंगका लागि प्रतिक्षा गरौं भन्दै अन्ततः समाजवादी क्रान्तिको रणनीति र पुरानै राज्यसत्तालाई टिकाउन संविधान कार्यान्वयन गर्ने प्रतिबद्धताको अन्तरविरोधपूर्ण कार्यनीति बनाएर नेतृत्वले जनताप्रति विश्वासघात गरेको छ ।
२. हामीले सहिद परिवार, वेपत्ता योद्धाका परिवार, घाइते अपाङग योद्धाहरु र शोषित उत्पीडित जनताको सपना पूरा गर्न साँस्कृतिक क्रान्ति अन्तर्गत विचारधारात्मक रुपमा स्कुलिङ, अध्ययन र अनुसन्धान गरौं, एउटा कमरेडले अर्काे कमरेडको खुट्टा तान्ने र खुइल्याउने प्रवृत्ति र यौन अराजकताविरुद्ध आत्मआलोचना र आलोचनाको क्रान्ति गरौँ भन्ने आवाज उठायौं । स्वयं अपराध र भ्रष्टाचारमा मुछिएको नेतृत्वले सुन्दै सुनेन् ।
३. मालेमावाद पुरानो भइसकेकोले उदारवादी पुँजीवाद र समाजवाद समायोजन गर्ने नवउदारवादी पुँजीवादी दृष्टिकोण, मालेमावादलाई सृजनशील ढंगले लागू गर्ने र विकास गर्ने कुरालाई संशोधनवाद ठान्ने जडसूत्रवादी दृष्टिकोण, मालेमावाद आधारभूत रुपमा सही छ र विकासको पनि आवश्यकता छ भन्ने, तर भएको विकास पनि परित्याग गर्ने र विकासको ठोस योजना कहिल्यै नबनाउने द्वैधवादी दृष्टिकोण, मालेमावादको अध्ययन चिन्तनप्रति उदास, नेतृत्वलाई घेरामा हाली फसाउँदै–फकाउदै–धम्काउदै आप्mनो पक्षमा निर्णय गराउन वाध्य पार्ने लिन प्याओवादी र आत्मकेन्द्रित व्यक्तिवादी दृष्टिकोणले गर्दा पथप्रर्दशक सिद्धान्तको बुझाईमा एकरुपता नभई मालेमावादी मूल्यमान्यता ध्वस्त भएको क्रान्तिको कार्यदिशा जता पनि अर्थ लगाउन सक्ने गरी वैज्ञानिक समाजवादको सट्टा अमूर्त ‘समाजवाद’ शब्दावली प्रयोग गरेको र समाजवादी क्रान्तिको आधार र कार्यनीति नभएको पार्टी विचारधारात्मक रुपले संगठित हुने त कुरै छोडौँ, संगठनात्मक रुपले समेत सुधारवादी र संसदवादी चरित्रमा ढालेको र मन्त्रिमण्डलवाद र द्रव्यपिचासवाद व्यापक भएकोस प्रेम–यौन–विवाहवारे हिन्दु–मुस्लिम ढोंगी दृष्टिकोण रहेकोले यससम्बन्धी मुद्दालाई मात्र ‘साँस्कृतिक कमजोरी’ वताई विना छानविन मुख्यतः इमान्दार र पारदर्शीमाथि कारवाहीको डण्डा चलाउने गरिएको लगायतका मुद्दाहरु राखी अन्ततः मैले २०७२ साल बैशाख ३ गते पार्टीबाट विद्रोहात्मक राजीनामा दिएको थिएँ । मैले राखेका बैचारिक विषयहरुमाथि बेवास्ता गर्दै तथाकथित साँस्कृतिक कमजोरीका नाममा एनेकपा (माओवादी) केसको वैठकले मलाई पार्टी सदस्यताबाट समेत निस्कासन गरीएको थाहा हुन आएको छ । नवधनाढ्यहरु हावी रहेको पार्टीबाट मजस्ता इमान्दार क्रान्तिकारीहरु निष्काशित हुनु स्वभाविक हो । तर, मेरो राजनीनामा र स्पष्टीकरण केन्द्रीय समितिमा पेश समेत नगर्नु र पारिवारिक मुद्दामा कुनै छानबीन नै नगरी ठाडो निर्णयद्वारा पार्टीबाट निस्कासन गर्नु एमाओवादी नेतृत्वगणको बैचारिक दरिद्रता र विचारलाई चुपचाप मार्ने षड्यन्त्र भएको मुद्दा आमशोषित पीडित जनता समक्ष जोडदार रुपले दायर गर्न चाहन्छु । इतिहासका निर्माता जनता न्यायाधीश हुन् र तिनको फैसला नै अन्तिम हुनेछ । आदरणीय जनसमुदाय समक्ष म यो पनि अनुमति लिन चाहन्छु कि अधुरो क्रान्ति पूरा गर्नका लागि क्रान्तिकारी विकल्प रोज्न आजदेखि स्वतन्त्र भएको छु । एमाओवादी नेतृत्वले साम्राज्यवादको इशारामा क्रान्ति र जनताप्रति विश्वासघात गरेको छ ।
क्रान्तिकारी नेता, कार्यकर्ता र जनताप्रति म के प्रतिबद्धता जाहेर गर्दछु भने क्रान्तिकारीहरुबीच एकता र पार्टी पुनर्निर्माण गर्दै वर्गसंघर्षका प्रक्रियामा प्रसब पीडामा रहेको नयाँ कार्यदिशा जन्माउन र मालेमावादको विकास गर्न पूर्ण संकल्पकासाथ अघि बढ्नेछु । मालेमावादको विकासका लागि निम्न प्रश्नहरुको जवाफ खोज्ने छु ।
१. क. माओको मृत्युपछि सम्पन्न क्रान्तिमा किन प्रतिक्रान्ति भयो र विजयको सन्निकट विभिन्न देशका क्रान्ति किन असफल भए ?
२. साम्राज्यवादी वित्तिय, सूचना र श्रम बजारको भूमण्डलीकरणको विश्लेषण र संश्लेषण कसरी गर्ने ?
३. विज्ञान र प्रविधिको विकासलाई कसरी दार्शनिकीकरण गर्ने ?
४. जलवायु परिवर्तन र वातावरण विनाशले समाजलाई कस्तो असर पारिरहेको छ ?
५. विश्व कम्युनिष्ट आन्दोलनको इतिहासको समीक्षा र विशेष गरी स्टालिनमाथि साम्राज्यवादीहको हमला र कथित माओवादीहरुको हमलाका बीच किन तालमेल भयो ?
६. नेपाली कम्युनिष्ट आन्दोलनको समीक्षा गर्दै दशवर्षे जनयुद्धको मूल्याङकन र जनयुद्धलाई ओझेलमा पार्दै संशोधनवादी बाटो लिने नेतृत्व कसरी पैदा भयो ?
७. राजनैतिक अर्थशास्त्रको अध्ययन र नेपालको आजको वर्गविश्लेषण गरी क्रान्तिको निसाना निर्धारण कसरी गर्ने ?
८. प्रेम, यौन र विवाहबारे मालेमावादको विकास कसरी गर्ने ?
९. चीन, उत्तरकोरिया र क्युवालाई आजको परिस्थितिमा कसरी विश्लेषण गर्ने र यसको साथै बोलिभारियन समाजवाद के हो ?

प्रतिक्रियाहरु