प्रचण्ड र भट्टराईबीच वाक युद्ध – भट्टराई ‘भयंकर षडयन्त्रकारी’, प्रचण्ड ‘खाओवादी’

२०७२ पुष १८ गते, शनिबार

काठमाडौँ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता बाबुराम भट्टराईबीचको वाक युद्ध उत्कर्षमा पुगेको छ । अहिले दुवै नेता एक अर्काको विषयमा नकारात्मक टिप्पणी गर्दै भयानक आक्रमणमा उत्रिन थालेका छन् । दुवै नेताको पछिल्ला अभिब्यक्ति हेर्दा प्रचण्ड बाबुराम एकले अर्कालाई खुइल्याउन जे गर्न पनि तयार रहेको मनस्थितिमा देखिन छन् । यसैक्रममा १२२ औँ माओ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले बाबुरामलाई लिनप्याओवादीको संज्ञा दिए । बाबुरामको पार्टी परित्याग दक्षिणवादी विसर्जनवाद भएको औल्याउँदै उनले बाबुरामले सधैं नेतृत्वमै आँखा लगाउने गरेको र अध्यक्ष बन्न नपाउने भएपछि पार्टी छोडेको ठोकुवा समेत गरे । ‘लिनप्याओलाई माओले म पछिको अध्यक्ष तपाई नै हो भन्दा दिन रात निन्द्रा लागेन, किनकि लिनप्याओलाई माओ कहिले मर्ने हो र आपूm कहिले अध्यक्ष बन्ने हो भन्ने चिन्ताले सताएछ’, प्रचण्डले भनेका थिए । अध्यक्षकै लागि लिनप्याओले माओलाई मार्नेसम्मको योजना समेत बनाएको खुलासा गर्दै उनले बाबुरामलाई समेत भयंकर षड्यन्त्रकारी भएको खुलाशा गरे । ‘माओलाई मार्ने लिनप्याओको योजना अन्ततः असफल भयो र उनी आफै निस्केर सडकमा हिडे र मरे । ‘म नाम लिन चाहन्न, म यति भनेपछि तपाईहरुले बुझ्नुभयो’ प्रचण्डले भनेका थिए ।
यसै सन्दर्भमा प्रचण्डले आपूmमाथि लगाएका आरोपको खण्डन गर्दै पूर्वप्रधान मन्त्री डा. बाबुराम भट्टराईले प्रचण्डको नाम नलिइकन आपूm विरुद्ध गोयबल्स शैलीको प्रोपोगाण्डा फैलाउन खोजिएको दावी गरेका छन् । प्रचण्डप्रति लक्षित गर्दै बाबुरामले भनेका छन्, ‘केही मान्छेहरूले र खासगरी हिजोसँगै काम गरेका एकजना स्थापित नेताले निरन्तर रूपमा हाम्राविरुद्ध गोप्य र खुला दुष्प्रचार र चरित्रहत्या अभियान चलाइरहेका छन् । प्रचण्डमाथिको आक्रमणलाई अझै चुल्याउँदै उनले प्रचण्डलाई ‘बाहिर ‘माओवाद’ को नाम भित्र ‘खाओवाद’ को भद्दा अभ्यास गर्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई पतनको दिशामा डो¥याउन अग्रणी भूमिका खेल्ने ती महानुभाव’ लेखेका छन् । बैद्य र बाबुरामलाई दोष लगाइएकोमा प्रतिवाद गर्दै बाबुरामले प्रचण्डलाई सोधेका छन्, ‘२६ वर्षदेखि लगातार पार्टी प्रमुख भएर अहिले पार्टी र आन्दोलनलाई यो दुरावस्थामा पु¥याउनमा मुख्य भूमिका तपाईंको हुन्छ कि सहायक स्थानमा रहेका वैद्य र बाबुरामको हुन्छ ?’ आपूmलाई बाह्य शक्तिबाट परिचालित भनेका प्रचण्डलाई बाबुरामको प्रश्न छ, ‘तपाईंका पटक–पटकका सिंगापुर, बैंकक, लण्डन भ्रमणहरू केका निम्ति थिए र को–कोसंग के–के भएको थियो भन्ने जानकारी तपाईं जस्तो ‘देशभक्त’ले सोझा नेपाली जनतालाई गराउनु पर्दैन ?’
प्रचण्डलाई अहिले विदेशी दुत र एजेन्सीसँग सबैभन्दा बढी उठबस र लेनदेन गर्ने नेताकोरुपमा चित्रित गर्दै बाबुरामले यो भनाइलाई ‘आँखा जुधाएर खण्डन’ गर्न चुनौती दिएका छन् । आपूmलाई भारतपरस्त भन्ने प्रचण्डलाई बाबुरामले सोधेका छन्, ‘संविधान जारी गर्ने पूर्वसन्ध्यामा आफैँले विन्तिपत्र हालेर दिल्ली भ्रमण गर्नुको रहस्य के थियो र कुरो कहाँ रड्केर देश र जनताले यो कष्ट व्यहोर्नु परिरहेको हो भन्ने प्रश्नको चित्त बुझ्दो जवाफ नदिई कुरो चपाएर उम्कन पाइन्छ ?’ प्रचण्डमाथि उनले प्रधानमन्त्री बन्न शक्तिकेन्द्र गुहार्दै हिँडेको र ओली सरकारबाट दूध आउन्जेल चुस्ने र आउन छोडेपछि छाड्ने दाउमा रहेको गम्भिर आरोप लगाउँदै ‘बोगटी आयोग र शेरचन आयोगको प्रतिवेदन सार्वजनिक गर्ने आँट छ ?’ भनेर प्रश्न गरेका छन् । महासचिव महराप्रति लक्षित गर्दै उनले प्रचण्ड प्रधानमन्त्री बन्नका लागि ‘सांसद खरिद गर्न विदेशीसँग पचासौँ करोड मागेको टेप सार्वजनिक’ भएको कुराको अहिलेसम्म किन कुनै चित्तबुझ्दो खण्डन नभएको जिकिर गरेका छन् ।
माओ दिवसमा प्रचण्डले नेता कसैको इच्छाले नजन्मिने र कसैको इच्छाले नसकिने भन्दै बाबुराम नेता बन्न नसक्ने बताएका थिए । भट्टराईले प्रचण्डलाई ‘सुनियोजित दुष्प्रचारको प्रतिवाद’ शीर्षकमा लेख लेख्दै आपूमाथिको आक्रमणलाई गतिलो जवाफ दिएको चर्चा अहिले राजनीतिक वृत्तमा भैरहेको छ । भट्टराईले ‘सुनियोजित दुष्प्रचारको प्रतिवाद’ शीर्षकमा लेख लेख्दै प्रचण्ड ‘खाओवादी’ भएको पुस्टि समेत गरेका छन् । भट्टराईले प्रचण्डलाई खाओवादी भन्दै ‘सुनियोजित दुष्प्रचारको प्रतिवाद’ शीर्षकमा लेखेको लेखको पुरा विवरण यस प्रकार रहेको छ–
‘हामीले नयाँ शक्ति निर्माण अभियानको क्रममा अरुवारे नकारात्मक टीकाटिप्पणी गरेर समय खर्चनु सट्टा आफ्ना सकारात्मक सोच, योजना र कार्यक्रम जनसमक्ष सम्प्रेषण गर्न जोड दिने संकल्प गरेकाछौं र त्यसमा हामी दृढ रहन चाहन्छौं । तर, केही मान्छेहरूले र खासगरी हिजो संगै काम गरेका एकजना स्थापित नेताले निरन्तर रूपमा हाम्राविरुद्ध गोप्य र खुला दुष्प्रचार र चरित्रहत्या अभियान चलाइरहेका छन् । हिट्लरको प्रचारमन्त्री ग्वेवल्सले ‘झुटो कुरा सय चोटि दोहो¥याए पछि साँचो लाग्न थाल्छ’ भने झैं र संस्कृत नीतिशास्त्रमा ‘मौनम् सम्मति लक्षणम्’ भने झैं चूप लागेर बस्दा आम जनसमुदायमा भ्रम पर्ने खतरा हुन्छ । त्यसैले कसैमाथि नाजायज आक्रमण गर्न हैन आफ्नो जायज प्रतिरक्षा गर्न हामीले अहिले केही बोल्नै पर्ने भएको छ । बाहिर ‘माओवाद’ को नाउँ जमेर भित्र ‘खाओवाद’ को भद्दा अभ्यास गर्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई पतनको दिशामा डो¥याउन अग्रणी भूमिका खेल्ने ती महानुभावलाई हाम्रा केही प्रतिप्रश्न छन्–
१. २६ बर्षदेखि लगातार पार्टी प्रमुख भएर अहिले पार्टी र आन्दोलनलाई यो दुरावस्थामा पु¥याउनमा मुख्य भूमिका तपाईंको हुन्छ कि सहायक स्थानमा रहेका वैद्य र बाबुरामको हुन्छ ?
२. द्वन्दात्मक भैतिकवादअनुसार कुनै वस्तु–घटना–व्यक्तिको विकास र विनासको मुख्य कारण आन्तरिक हुन्छ, वाह्य पक्ष सहायक मात्रै हुन्छ भन्ने कुरालाई तपाईं मान्नुहुन्छ कि हुन्न ? यदि मान्नुहुन्छ भने तपाईंलाई मन नपर्ने सबै कुरा ‘वाह्य शक्ति’ कै कारणले हो भन्ने दुराशयपूर्ण रटान वारम्वार किन लगाउनुहुन्छ ? त्यो कुन सिद्धान्त र मान्यताभित्र पर्छ ?
३. हालैको ‘कान्तिपुर’ को अन्तर्वार्तामा ‘थिंग्स आरनट ह्वाट दे सिम’ भन्दै नयाँ शक्ति अभियन्ताहरुलाई ‘वाह्य शक्ति’ संग जोडेर हिलो छ्याप्ने दुस्साहस गर्नु भन्दा पहिले तपाईंले आफ्ना ‘विदेशी प्रभु’ हरुसंगको सम्बन्धलाई खुला र पारदर्शी बनाउने आँट गर्नु पर्दैनथ्यो? तपाईंका पटक–पटकका सिंगापुर, बैंकक, लण्डन भ्रमणहरू केका निम्ति थिए र को–कोसंग के–के भएको थियो भन्ने जानकारी तपाईं जस्तो ‘देशभक्त’ले सोझा नेपाली जनतालाई गराउनु पर्दैन ? समकालीन नेपालका कुनै पनि पार्टीका शीर्ष नेताहरूमध्ये विदेशी दूत र एजेन्सीहरूसंग सबभन्दा बढी उठवस र लेनदेन गर्ने व्यक्ति तपाईं नै हो भन्ने कुरालाई अरुसंग आँखा जुधाएर खण्डन गर्न सक्नुहुन्छ ? संविधान जारी गर्ने पूर्वसन्ध्यामा आफैले विन्तिपत्र हालेर दिल्ली भ्रमण गर्नुको रहस्य के थियो र कुरो कहाँ रड्केर देश र जनताले यो कष्ट व्यहोर्नु परिरहेको हो भन्ने प्रश्नको चित्त बुझ्दो जवाफ नदिई कुरो चपाएर उम्कन पाइन्छ ?
४. गत भदौमा २ दिन पर्खेर आन्दोलनकारीहरूको चित्त बुझाएर संविधान जारी गरेको भए कुन आकाश खस्थ्यो वा कुन विदेशीले के वहानामा नाकावन्दी गर्न सक्थ्यो ? आफ्नो स्वार्थमा धक्का लागे विदेशीको हौवा खडा गर्ने तर आफ्नो स्वार्थ सिद्धि गर्न चाहिं विदेशी सामु लम्पसार पर्ने यो कस्तो राष्ट्रवाद हो ? अहिले पनि तपाइँ पुनः प्रधानमन्त्री बन्न शक्तिकेन्द्र गुहार्दै हुनुहुन्छ र ओली सरकारबाट दूध आउन्जेल चुस्ने र आउन छोडेपछि छाड्ने दाउमा हुनुहुन्छ भन्ने कसैलाई थाहा छैन भन्ने ठान्नुहुन्छ ?
५. ‘लिनप्याओवादी’ र ‘आलोकप्रवृत्ति’ को सधैं पार्टीभित्र शिकार हुँदै आएको व्यक्तिलाई अहिले तपाईंले उल्टै ‘लिनप्याओवादी’ भन्ने धृष्ठता गर्नु ‘कागले आफ्नो नाम आफै काड्छ’ भनेजस्तो भएन र ? आखिर ‘आलोकप्रवृत्ति’को पुनरावृत्ति तपाईंकै वैठक कोठा भित्रबाट मात्रै पटक पटक भैरहनुलाई संसारले कसरी बुझ्ने होला ?
६. अहिले संविधान बनेको जश बोकेर सत्ताको भ¥यांग चढ्ने दाउमा तपाईं हुनुहुन्छ भन्ने कसलाई थाहा छैन र ? तर त्यसक्रममा संविधानसभा र संविधानका वास्तविक अभियन्तालाई संविधानविरोधी भनेर मिथ्या प्रचार गर्नुभन्दा पहिले २०६७ सालको चर्चित पालुंगटार बैठकमा विद्रोहको लाइन लिने वैद्यसंग ‘एकता’ प्रधान र शान्ति तथा संविधानको लाइन लिने बाबुरामसंग ‘संघर्ष’ प्रधान भन्नु तपाईंको गल्ती रहेछ भनेर स्वीकार गर्नु पर्छ कि पर्दैन ? अन्यथा ‘जता काफल पाक्यो उतै चरी नाच्यो’ भन्ने उखान तपाईंमा किन लागू नहुने ?
७. त्यत्रो त्याग र वलिदानको जगमा निर्मित माओवादी आन्दोलन पछिल्लो चरणमा तपाईंकै नेतृत्वमा चरम सत्तालिप्सा र भ्रष्टाचारको दलदलमा निस्कनै नसक्ने गरी फसेको यथार्थ हो कि हैन ? हैन भने अझै पनि बोगटी आयोग र शेरचन आयोगको प्रतिवेदन सार्वजनिक गर्ने आँट छ ? तपाईं प्रम बन्नको निम्ति सांसद खरिद गर्न विदेशीसंग पचासौं करोड मागेको टेप सार्वजनिक भएको कुराको अहिलेसम्म किन कुनै चित्तबुझ्दो खण्डन भएको छैन ? चर्चामा आएका दूर संचार घोटाला, लडाकु शिविर घोटाला आदि कैयन भ्रष्टाचार प्रकरणवारे आमकार्यकर्ता र जनतालाई सुसूचित हुने अधिकार छ कि छैन ? कि ‘माओवाद’ को रामनामी जपे पछि सबै खत माफ हुन्छ ?
८. विचार–प्रवृत्तिगत ‘प्रेम’ सत्ताका खेलाडी केपी ओलीसंग तर पुराना कार्यकर्ता भुलाउन ‘विवाह’ को प्रस्तावचाहिं विचरा वैद्यसंग गर्ने प्रवृत्तिलाई के भन्ने होला ? माक्र्सवाद–लेनिनवाद–माओवादको खोल ओढेर पुरानै सत्ता, शक्ति र सम्पत्तिको घिनलाग्दो खेल खेल्ने यो प्रवृत्तिलाई ‘जडसूत्रिय–अवसरवाद’ नभने के भन्ने ? वर्तमान नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवृत्ति यही हो कि ?
९. त्यसैले तपाईं आपूm शिशाको घरमा बसेर अरुको परालको झोपडीमा ढुंगा नहान्नु नै वेश हुन्छ कि ? ‘नयाँ शक्ति अभियान’ यो फोहोरको दलदलमा फसेको समकालीन राजनीतिभन्दा माथि उठेर नयाँ उन्नत सोच र जनमुखी तथा पारदर्शी आचरणसहितको वैकल्पिक राजनीतिक धार सिर्जना गर्ने सचेतन पहल हो भनेर बुझ्नुपर्ला कि ?’

प्रतिक्रियाहरु