माओवादीद्वारा जिएमआरको कार्यालयमा बम प्रहार

२०७२ पुष ७ गते, मंगलवार

काठमाडौँ । नेकपा माओवदीले सुर्खेतस्थित जिएमआरको कार्यालयमा बम प्रहार गरेको छ । सुर्खेतको सदरमुकाम विरेन्द्रनगरस्थीत खजुरामा रहेको भारतीय कम्पनी जिएआरको कार्यालय हटाउन माओवादीले १ महिने अल्टिमेटम दिएको थियो । माओवादी एक उच्च नेताका अनुसार आफुहरुले दिएको उक्त १ महिने अवधिभित्र कार्यालय नहटाएकाले चेतावनीस्वरुप कारवाही गरिएको बताए । सुर्खेतबाट जि एम आरको कार्यालय नहटाइए सम्म आफ्नो कम्पनि माथीको कारबाही जारी रहने माओवादीले जनाएको छ । घटनाबारे प्रहरीले भने सामान्य बिस्पोट मात्र भएको बताए पनी वरपरका स्थानीयका अनुसार ठुलै बिस्पोट भएको थियो । भारतीय निर्माण कम्पनि जि एम आर ले नेपालमा जलबिद्युत लगायतका दर्जनौ परियोजनाको ठेक्का लिएर काम गर्ने गरेको छ ।
यसैगरी, माओवादीले झापाको दुवागडिस्थित एक गुट्का फ्याक्ट्री कम्पनीमा आक्रमण गरेको छ । झापाको दुवागडि ७ धाइजेनमोडमा रहेको जे पी शर्माको नाज गुट्का फ्याक्ट्रीमा गए राती आक्रमण गरेको होे । आक्रमणबाट करिब १ करोड बराबरको क्षति भएको छ भने, ७५ प्रतिशत फ्याक्ट्री जलेर नष्ट भएको बताइएको छ । घटनाको जिम्मा विप्लव माओवादीका झापा जिल्ला सेक्रेटरी नबीनले लिएका छन ।
गुट्का फ्याक्ट्रीले नेपाली भुमीमै उद्योग सञ्चालन गरि नेपाली कामदारहरुलाई अपहेलना गरी भारतीय नागरिकहरुलाई उच्चतम सेवा सुविधासहितको रोजगारी दिएको, राजस्व छली गरी अवैध रुपमा धन्दा नै सञ्चालन गरेको भन्दै चेतावनी स्वरुप कारवाही गरिएको सेक्रेटरी नबीनले बताए ।
फ्याक्ट्रीका मालीक शर्माले तेस्रो मुलुकबाट सुपारी तस्करी गरेर जिल्लाका अरु विभिन्न स्थानमा समेत राजस्व छलेर अबैध उद्योग धन्दा सञ्चालन गर्दै आएको समेत माओवादीको आरोप छ । शर्माले यस्ता अबैध धन्दा तत्काल रोकेर नेपाली कामदाहरुलाई रोजगारी दिएर श्रम अनुसारको उचित पारिश्रमीक नदिए अझै कडा करवाही गर्ने माओवादीले चेतावनी दिएको छ । – दिया चन्द

प्रतिक्रियाहरु