डिसहोमको स्टेशनमा बम प्रहार

२०७२ पुष १ गते, बुधबार

काठमाडौं, १ पुस । नेकपा माओवादीका कार्यकर्ताले टेलिभिजन प्रसारक डिसहोमको ललितपुर भैंसेपाटीस्थित अर्थ स्टेशनमा पेट्रोलबम प्रहार गरेका छन् । करिब आधा दर्जनको संख्यामा आएका नेकपा माओवादीका कार्यकर्ताले बुधबार बिहान सवा ६ बजेको समयमा अर्थ स्टेशनमा पेट्रोल बम हानेका हुन् । बम प्रहारपछि डिस होमको प्रसारण बन्द भएको छ । डिसहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले टेलिभिजन प्रसारण बन्द भएको र वैकल्पिक उपायमार्फत पुनः प्रसारणको तयारी भइरहेको बताए ।
यसैबीच नेकपा माओवादीले घटनाको जिम्मेवारी लिएको छ । माओवादीका प्रवक्ता प्रकाण्डले भारतीय टेलिभिजन च्यानलको प्रसारण रोक्न पटकपटक गरिएको आग्रह बेवास्ता गरेकाले चेतावनी स्वरुप आक्रमण गरिएको बताए । डिसहोमले अटेर गरे अझै उच्चस्तरको कारबाही गर्ने प्रकाण्डले बताए । भारतले नेपालमा अघोषित नाकाबन्दी गरेसँगै माओवादीले हिन्दी च्यानल बन्द गर्न दबाब दिँदै आएको छ ।

प्रतिक्रियाहरु