आजपनि इन्धन आएन

२०७२ आश्विन १२ गते, मंगलवार

काठमाडौ १२ असोज । नेपाल आयल निगमका अनुसार भारतको नाकाबन्दीका कारण आजपनि इन्धनको आपूर्ति ठप्प भएको छ । आजपनि इन्धन बोक्ने गाडी भारतीय नाकाबाट नेपाल आउन सकेका छैनन् । केही दिन यता इन्धनको आपूर्ति ठप्प हुँदा समस्या थपिँदै गएको छ । सडकमा कम मात्रै गाडी चलेका छन् । आयात रोकिएपछि निगमले मंगलबार पनि कोटा प्रणाली मार्फत स्टकमा रहेको पेट्रोल तथा डिजेल वितरण गर्दैछ ।
इन्धनको खपत कम गर्न सके स्टकमा रहेको तेलले अलि लामो समयसम्म धान्ने भन्दै निगमका प्रवक्ता दीपक बरालले हिँडेरै पुग्न सकिने ठाउँमा गाडी नचढ्न र चढ्नै परै सार्वजनिक गाडीको प्रयोग गर्न सबैसँग आग्रह गरे ।
यसैबीच निगमले नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय एयरलाइन्सलाई तेल नदिने भएको छ । अन्तर्राष्ट्रिय एयरलाइन्सलाई प्राविधिक अवतरण गरी भारतको दिल्ली, लखनउ, बंगलादेशको ढाका र थाइल्याण्डको बैंकक विमानस्थलमा तेल भर्न आग्रह गरिएको प्रवक्ता बरालले जानकारी दिए । आज दिउँसोदेखि अन्तर्राष्ट्रिय एयरलाइन्सले प्राविधिक अवतरण गरी देश बाहिरका विमानस्थलमा तेल भर्नुपर्ने निगमले जनाएको छ ।

प्रतिक्रियाहरु