‘ नेपालको संविधानलाइ हाम्रो समर्थन छैन ‘

२०७२ आश्विन ५ गते, मंगलवार

काठमाडौं । नेपालमा संविधान जारी भएपछि भारतले आइतबार वक्तब्य निकाल्दै त्यसमा समर्थन गरेको जनाएको छ ।औपचारिक समर्थन जनाए पनि वक्तव्यमा स्वागत भनिएको छैन।विज्ञप्तीमा नेपाल आज घोषणा भएको संविधानलाई हामीले जानकारीमा लिएको छौं मात्र भनिएको छ, स्वागत गर्छौ भनिएको छैन । नेपालमा संविधान जारी भएको ऐतिहासिक घट्नाक्रमलाई उपेक्षा गर्दै भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीको शीर्षकमा ‘स्टेटमेन्ट अन सिचुएशन अन नेपाल’ मात्र भनिएको छ।भारतीय विदेश मन्त्रालयले जारी गरेको वक्तब्यमा संघीय लोकतान्त्रिक, गणत्त्रात्मक र समावेशी संविधानको समर्थन गर्दै आएको उल्लेख छ ।भारतसँग सिमा जोडिएका विभिन्न स्थानमा भइरहेका घटनाबारे भारत चिन्तित रहेको र त्यसले हिंसात्मक रुप लिदै गएको विज्ञप्तीमा उल्लेख छ ।विभिन्न क्षेत्रमा देखिएका असन्तुष्टी तथा मुद्दाहरुलाई सम्बावमार्फत छिटो समाधा गर्नुपर्ने सुझाव दिदै त्यसले नयाँ संविधानको स्वीकृति र स्वामित्वलाई अझ् व्यापक बनाउने विश्वास भारतले व्यक्त गरेको छ ।‘यसबारेमा काठमाडौंमा राजदूतले नेपालका प्रधानमन्त्रीसँग कुरा गरिरहेका छन्’, विज्ञप्तीमा भनिएको छ, ‘बढी भन्दा बढी जनताको समर्थन र स्वामित्व महसुस हुने गरी सबैको भावना समेटिनु जरुरी छ । त्यसका लागि पहिले हिंसा र धम्कीबाट मुक्त हुनुपर्छ ।

प्रतिक्रियाहरु