ओली उपचारका लागि बैंकक जाँदै

२०७२ असार २ गते, बुधबार

काठमाडौं, २ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्यान्ड जाने भएका छन् । फङ्गल सङ्क्रमणका कारण गत वर्ष अस्वस्थ्य भएका नेता ओली यसअघि पनि उपचारका लागि अमेरिका, थाइल्यान्डलगायतका मुलुक गएका थिए । एमालेका अनुसार अध्यक्ष ओली आज दिन मध्याह्न बैंकक प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रतिक्रियाहरु