थप लचिलो भएर निर्णय गर : ३० दलीय मोर्चाका साना दल

२०७२ जेष्ठ १९ गते, मंगलवार

काठमाडौं,१९ जेठ । एकीकृत नेकपा माओवादीको संसदीय दलको कार्यालयमा आज बसेको ३० दलीय गठबन्धनको बैठकमा साना दलका प्रतिनिधिले संविधान, सरकार र पुनःनिर्माणका विषयमा थप लचकताका साथ निर्णयमा पुग्न गठबन्धनका संयोगक पुष्पकमल दाहाल प्रचण्ड र मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारलाई सुझाव दिएका छन् । एकीकृत नेकपा माओवादी नेतृत्वको गठबन्धनमा भएका साना दलले मुलुक विपदमा परेका बेला थप लचिलो भएर निर्णय गर्न नेतृत्वलाई सुझाव दिएका हुन् । विपदपछिको पुनःनिर्माण, संविधान र सहमतीय सरकारबारे ठोस धारणा बनाउन आइतबारदेखि सुरु भएको गठबन्धनको बैठकमा धारणा राख्दै दलका नेताले दलीय अडान छोडेर समय र परिस्थिति अनुसार लचक हुन नेताद्धयलाई आग्रह गरेका हुन् ।
नेताहरुले बोल्ने क्रम सकिए पनि गठबन्धनले आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन । अर्को बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रियाहरु