तीस दिनमा हजारौ पटक पराकम्पन

२०७२ जेष्ठ १२ गते, मंगलवार

काठमाडौं । भूकम्प मापन केन्द्रले गतवैशाख १२ को विनाशकारी भूकम्पछि तीस हजारभन्दा पराकम्पन गएको जनाएको छ । राजधानी लगाएतका जिल्लालाई केन्द्रविन्दु बनाएर चार पटक ६ रेक्टरभन्दा बढिका पराकम्पन गएपनि त्यो भन्दा साना भने तीसहजार पटक गइसेका केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार चार म्याग्निच्यूडभन्दा तलका परकम्पलाई समेत जोड्ने हो भने एक महिनाको बीचमा नेपालमा तीस हजारभन्दा बढी पटक भुइँचालो आएको छ। चार म्याग्निच्यूडभन्दा तलका परकम्प तथा भूकम्पको रेकर्ड केन्द्रले सार्वजनिक गर्ने गरेको छैन। एक महिनाको अवधिमा चार म्याग्निच्यूडसम्मका २ सय ६५ परकम्प आएका छन्।एक महिनामा आएका अधिकांश भूकम्पले गोरखा, दोलखा, सिन्धुपाल्चोक,रसुवा र आसपासको क्षेत्रलाई केन्द्र बनाएका छन्।
वैशाख १२ को ७.६ रेक्टरको विनाशकारी भूकम्पछि ६ भन्दा बढी रेक्टरका चारवटा भूकम्प आएका छन्। पाँच रेक्टरसम्मका २५ वटा धक्का महसुस भएका छन्। विनाशकारी भूकम्प गएको तेस्रो दिन १४ वैशाखमा ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो भने अठारौं दिन वैशाख २९ गते ६.९ रेक्टर स्केलको भूकम्प गएको थियो। १२ बैशाखमा मात्र ३८ पटक पराकम्प गएका थिए ।

प्रतिक्रियाहरु