पपुआ न्यूगिनीमा ७.४ म्याग्निच्यूडको भूकम्प

२०७२ बैशाख २२ गते, मंगलवार

काठमाडौं, २२ वैशाख । आज पपुआ न्यूगिनीमा ७.४ म्याग्निच्यूडको भूकम्प गएको छ ।प्रशान्त महासागरमा अवस्थित टापुमा भूकम्प गएसँगै आसपासका ३ सय किमी क्षेत्रमा सुनामी आउनसक्ने भन्दै उच्च सतर्कतामा रहन ‘प्यासिफीक सुनामी वार्निङ सेन्टर’ले निर्देशन जारी गरेको छ ।भूकम्पको ठूलो धक्का महसुस भएपनि हालसम्म क्षतिको विवरण भने आएको छैन । – एजेन्सी

प्रतिक्रियाहरु