बिदेशबाट आएको राहतलाइ पिडितसामु पुर्याएर उद्दार गर्नु सरकारको कर्तब्य हैन र ?- नबराज सिम्खडा ‘जिज्ञासु’

२०७२ बैशाख १७ गते, बिहीबार

यतिबेला हामी नेपाली जनता गम्भीर संकट मा छौ।हाम्रो जिन्दकिको कुनै भरोसा छैन, कतिबेला के हुने हो पत्तो छैन।भुकम्पका कारन खोतलिएका जमिन कहाँ कतिबेला भाषिने हो अनि कति बेला बगाउने हो कुनै ग्यारेन्टी छैन। , हामी चिन्तित छौ र सिङ्गो देशबासी जनता चिन्तित छन।केही समय अगाडि गोरखाको बारपाक लाई केन्द्रबिन्दु बनाएर गएको बिनासकारी भुकम्पका कारण पाछ हजार भन्दा बढिले ज्यान गुमाइसजेका छन हजारौ घाइते र अपाङ्ग छन ,कति त भग्नाबसेष भित्र पुरिएर कुहिएर गनाउन थालिसकेका छन। जसबाट महामारी फैलिएर अर्को संकट बेहोर्नु नपर्ला भन्न सकिन्न।
राजधानी लगायत राजधानिबाट नजिक भएका र सदरमुकामहरुमा केही सुगम ठाउहरुमा त उद्दार टोलिहरु पुगेर उदार गरिरहेको छ राहत पनि केही मात्रमा बाडिरहेको छ तर गोरखा धादिङ सिन्धुपाल्चोक लगायतका जिल्लाहरुक बिकट ठाउहरुमा न त कुनै उद्दार टोलि पुग्न सकेका छन न कुनै राहत।भग्नाबषेश मा पुरिएर पनि बाच्ने आशा भएकाहरु पनि उद्दार नपाएर मरिसके होला।उदार टोलि पनि सहर्केन्दृत नै भएको सुनिन्छ गाउँ र अलि बिकट ठाउको उद्दार र राहतमा न त सरकारको ध्यान गएको देखिन्छ न कुनै उद्दार टोलि को।
हुन त यो प्रार्कृतिक बिपत्ती हो कसैको चहाना खुसी या अरु कुनै रिसिबी ले ल्याएको हैन।न रोक्न सकिन्छ न छेक्न।जे नहुनु भैसक्यो जे जति असर पर्नु परिसक्यो जे जति गुमाउनु गुमाइयो तर सास रहेका हरुलाइ त बचाउनु पर्यो नि यो हामी आम नेपालिको कर्तब्य हो त्यो भन्दा बढी कर्तब्य अभिभावक को नाताले सरकारको हो।सरकार राहत तथा उद्दार को लागि जनता परिचालन गरेर हुन्छ कि के गरेर हुन्छ राहत तथा उद्दार टोलि खटाएर जनताको ज्यान जोगाउन पहल गर्ने बाचेकाहरुको बस्ने बासको ब्यबस्था गर्ने पेट भर्ने कुराको जोहो गर्नुपर्ने हैन र?चुस्त रुपमा सरकारले उद्दारको काम गर्न नसकेको हो कि भन्ने लाग्छ।
हो हामिसङ्ग प्रयाप्त श्रोत र साधन छैन सबैलसी थाह छ तर हामिलाई जस्तोसुकै सहयोग गर्न थुप्रै मित्रराष्टहरु तयार भएका छन जुन कुरा सन्चार माध्यमबाट सुनिरहिएको छ।त्यसलाइ ब्यबस्थित गर्नु त सरकारको कर्तब्य हो नि हैन र?त्यसै अनुरुप विभिन्न देशबाट आर्थिक तथा भौतिक सहयोग हरु प्राप्त भैरहेको कुरा पनि सुनिरहिएको छ।
खै ती राहतहरु पिडित सामु पुगेको?कहाँ गए अरबौ अरब राहत?हरेक देशबाट अरबौ अरब आर्थिक तथा भौतिक राहत आउने तर आम जनता किन खान नपाएर बस्न नपाएर मर्नुपर्ने?यसको जिम्मेवारि कसले लिने?कि ती बिदेशी राष्ट्रहरुले दुनियासामु चर्चित हुन बोलेका मात्र हुन राहत गरेका चाहिँ छैनन?कि त सरकारले राहत आएको छैन हामिले सक्दैनौ भन्न पर्यो कि त राहतलाई ब्यबस्थित गर्नुपर्यो नि।नत्र सरकार हुनु र नहुनुको के अर्थ र?

प्रतिक्रियाहरु