शाहीकालिन मेयर पक्राउ

२०७२ बैशाख ११ गते, शुक्रबार

काठमाडौं, ११ वैशाख ।महोत्तरीको जलेश्वर नगरपालिकाका शाहीकालिन मेयर शंकर साहलाई प्रहरीले पक्राउ गरेको छ । स्थानिय संसारीमाई पूजा समितिको दुई लाख ७५ हजार रुपैयाँ हिनामिना गरेको अभियोगमा प्रहरीले साहलाई बिहीबार राती पक्राउ गरेको हो । जलेश्वर २ घर भएका साहले गएको असार २४ गते जलेश्वर नगरपालिकाबाट लिएको दुईलाख ७५ हजार रुपैयाँ आफैंले चलाएको अभियोगमा प्रहरीले साहलाई घरैबाट पक्रउ गरेको हो ।
समितिका अध्यक्ष साहले मन्दिरको जिर्णोद्वार गर्न भनी नगरपालिकाबाट लिएको रकम समितिका अन्य कुनै पनि पदाधिकारीलाई जानकारी नदिई आफैंले चलाएको आरोप छ । साहले समितिको रकम हिनामिना गरेको भनी जलेश्वर १ का उमेशकुमार साहले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरिक्षक सौरभ रणाले जानकारी दिनुभयो । पक्राउ परेका साहले समितिको रकम हिनामिना गरेको स्वीकारेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार