भारत गणतन्त्र दिवस मनाउँदै

२०७१ माघ १२ गते, सोमबार

काठमाडौ, १२ माघ । भारतले आज उच्च सतर्कताका साथ ६६ औं गणतन्त्र दिवस मनाइरहेको छ । सन् १९५० को जनवरी २६ मा संविधान जारी भएको दिनको सम्झनामा भारतले गणतन्त्र दिवस मनाउँदै आएको हो । दिवसकै अवसर पारेर भारत सरकारले नौ जनालाई पद्य पुरस्कार दिने घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले प्रमुख अतिथिका रुपमा विशेष सम्बोधन गर्ने कार्यक्रम छ । उहाँ त्यसको लागि आइतबार भारत आउनुभएको हो । भारत र अमेरिकाबीच परमाणु सम्झौता, आर्थिक तथा रक्षा लगायत क्षेत्रमा महत्वपूर्ण सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति ओबामाको भ्रमणका क्रममा भारतले परमाणु सम्झौताका लागि गरेको प्रस्तावमा सहमती भएको भारतीय संचार माध्यमले जनाएका छन् ।
सन् २००७ मा अमेरिकाले भारतसँग ऐतिहासिक असैन्य परमाणु सम्झौता गरेको थियो भने यो सम्झौतासँगै भारतमा परमाणु बिजुलीघर निर्माणको बाटो खुलेको थियो । तर दुवै पक्षबीच परमाणु मुद्दाका केहि विषयमा सम्झौता भने हुन सकेको थिएन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु