मच्छिन्द्रनाथ मन्दिरको तोरन चोरीयो

२०७१ पुष ६ गते, आईतवार

काठमाडौं । ललितपुर बुगंमतीमा रहेको मच्छिन्द्रनाथको मन्दिरको मूल ढोकाको तोरनमा लाकेश्वरको आकृति कुँदिएको पाता चोरी भएको छ । सुनको लेप लगाएको लोकेश्वरको आकृति कुँदिएको पाता शुक्रबार राती चोरी भएको स्थानीय सुरेन्द्र तुलाधरले बताए ।
मूल ढोका बन्द हुँदा मच्छिन्द्रनाथको दर्शन गर्न चाहने भक्तजनको लागि ७ वर्षअघि प्रतिस्थापन गरिएको आकृति सहितको पाता चोरी भएको हो । यसभन्दा अघि पनि मन्दिरको उत्तरपट्टी राखिएको सुनको जलप लागएको अष्टमण्डलको चेम्बर, ढोकाको दायाँबायाँ राखिएको सुनको जलप राखिएको भिक्षुको मुर्ति र सुनको लेप लगाएको तामाको कमलको फूल लगायत चोरी भइसकेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका वरिष्ठ प्रहरी उपरिक्षक पुष्प चन्द्र रंजितले चोरी भएको पुरातात्विक पाताको खोजी भइरहेको बताए ।

प्रतिक्रियाहरु